
हिन्दी फिल्मकी नेपाली नायिका मनिषा कोइराला सोमबार काठमाडौंमा चलचित्रसम्बन्धी आयोजित एक कार्यक्रममा सहभागी हुँदै, तस्वीर: दिनेश बस्नेत
जमिम शाह हत्या छानबीन गर्न टोली गठन
MNN REPORTER Report | 8 Feb 2010
हत्यारालाई कारवाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं, माघ २५ । सरकारले संचार उद्यमी जमिम शाहको हत्या प्रकरण छानबीनको लागि पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जाँझ टोली गठन गरेको हो ।
आइतबार शाहको अज्ञात समूहले राजधानीको लाजिम्पाटमा गोली हानी हत्या गरेको थियो । बैठकले व्यवस्थापिका संसदको जारी बैठक स्थगनको लागि राष्ट्रपति समक्ष आजै पत्र पठाउने निर्णय समेत गरेको छ ।
साथै राष्ट्रपतिको भारत भ्रमणका क्रममा सरकारसँग भएका सम्झौतालाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । भारतले हवाई विस्तार, हेटौडामा पोलिटेक्निक निर्माण र रेलवे सेवामा सहयोग गर्ने छ ।
जस अन्तर्गत जयनगर- विजलापुर -वर्दिवास, जोगवनी-विराटनगर, नुतनवा-भैरवा र नेपालगंज सीमा -नेपालगंजसम्म रेलवे सेवा निर्माण लागि भारतले सहयोग गर्ने छ ।
Interview
नेपालले संघीयता थेग्न सक्दैन
संघीयता देशको लागि वरदान हैन श्राप हो । संघीयताको ढाँचा तयार हुनु भन्दा पहिला नै जातीय द्वन्द शुरु भैसकेको छ ।
Womens
युवाहरूको दायित्व
नयाँ नेपालको परिकल्पनामा डुबेका नेपाली जनता दिनदिनैको बन्द र हड्तालले आफ्ना कामकाज ठप्प राखेर...।
General
गणराज्य घोषणाको औचित्यता
कांग्रेस र एमालेभित्रको एउटा तप्का ज्यादै दक्षिणपन्थी प्रतिक्रियावादी चरित्रका रूपमा अभिव्यक्त भइरहेको छ ।
Latest News
-
सागमा नेपालको उत्कृष्ट नतिजा, अहिले सम्म ७ स्वर्ण
MNN Reporter Report | 8 Feb 2010
ढाका, माघ २५ । बंगलादेशमा जारी ११ औं दक्षिण एशियाली साग खेलकुदको ११औ दिन नेपालले उत्कृष्ठ नतिजा निकालेको छ । आज नेपालले थप ५ स्वर्ण पदक तालिकामा स्वर्ण सङख्या ७ पुर्याएको छ ।
-
दीपक बिष्टद्वारा नयाँ कीर्तिमान, लगातार चार स्वर्ण
MNN Reporter Report | 8 Feb 2010
ढाका, माघ २५ । तेक्वान्दो खेलाडी दीपक विष्ट नेपाली खेल इतिहासकै र्सवाधिक सफल खेलाडी बनेका छन् । बंगलादेशमा जारी एघारौ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जित्दै दिपकले यो प्रतियोगितामा लगातार ४ वटा स्वर्ण जितेर इतिहास बनाएका हुन ।
-
अयोग्य लडाकु बिदाइ सकियो
MNN REPORTER Report | 8 Feb 2010
रोल्पा, माघ २५ । रोल्पाको दहवनिस्थत माओवादी शिविरमा रहेका २ सय ६८ अयोग्य लडाकुको बिदाइसँगै सोमबारदेखि लडाकु बहिर्गमन सकिएको छ ।
-
करातेंमा नेपाललाई अर्को स्वर्ण, अहिलेसम्म जम्मा सात स्वर्ण
MNN Reporter Report | 8 Feb 2010
ढाका, माघ २५ । बंगलादेशको ढाकामा जारी ११ औं सागमा नेपालले अर्को स्वर्ण जितेको छ ।
-
जमिमको हत्याको जिम्मेवारी छोटा राजन समूहले लियो
MNN Reporter Report | 8 Feb 2010
काठमाडौं, माघ २५ । जमिम शाहको हत्याको जिम्मा छोटा राजन समूहले लिएको छ। एभिन्युज टेलिभिजनलाई फोन गर्दै समूहका सदस्य बताउने भरत नेपाली नामका व्यक्तिले भारतविरोधी कार्य गरेकोले शाहको हत्या गरेको बताएका हुन् ।
-
जमिम शाह का हत्यारालाई कारवाही गर्न माग
MNN REPORTER Report | 7 Feb 2010
काठमाडौं, माघ २५ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो भूउपग्रह टेलिभिजन च्यानल नेपालका अध्यक्ष तथा स्पेसटाइम केबुल नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक जमिम शाहलाई आज अज्ञात व्यक्तिले गोली हानी हत्या गरेकामा आफू स्तब्ध भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
-
सेक्सको बेला छात्राहरुलाई शान्त रहन अपील
MNN REPORTER Report | 7 Feb 2010
लण्डन, माघ २५ । बेलायती अल गर्ल कलेजमा विद्यार्थी यूनियनले करिब ४ सय अन्डरग्रायजुयट छात्राहरुलाई इमेल गरेर सेक्सका क्रममा शान्त रहन अपिल गरेको छ ।
-
सुनको भाउ ओरालो लाग्न थाल्यो
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । लगातार वृद्धि भइरहेको नेपाली सुन बजारमा साताको पहिलो दिन आइतवारदेखि सुधार आउन थालेको छ । अमेरीकी डलरको भाउमा सामान्य गिरावट आएपछि अर्न्तराष्ट्रिय बजारमा कच्चा सुनको मुल्यमा आएको गिरावटसँगै स्थानीय बजारमा समेत त्यसको प्रभाव परेको हो ।
-
लडाकु समायोजन गर्न राष्टिय सुरक्षा नीति बन्नुपर्ने माओवादी भनाइ
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । एकिकृत नेकपा माओवादीले राष्ट्रिय सुरक्षा नीति नबन्दा सम्म माओवादी लडाकुको समयोजन गर्न नसकिने जनाएको छ ।
-
काँग्रेसको विवाद विना निष्कर्ष टुंगियो ।
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । नेपाली कांग्रेस विवाद समितिको आईतबार बसेको बैठक विना निश्कर्ष टुङगिएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकबाट जिल्लामा भएका समानान्तर समितिलाई मिनाउन नसकेपछि बैठक विना निश्कर्ष टुङगिएको हो ।
-
नयाँ संविधानको लागि नयाँ सरकार चाहिन्छ - माओवादी
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । एकीकृत माओवादीका प्रवक्ता एवं पोलिटब्यूरो सदस्य दीनानाथ शर्माले वर्तमान सरकार नढली शान्ति र संविधान असम्भव भएको बताएका छन् ।
-
बेलायति सेनाध्यक्षले प्रधानमन्त्री नेपाललाई भेटे
MNN Reporter Report | 7 Feb 2010
इन्द्र आचार्य (काठमाडौं), माघ २४ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाध्यक्ष डेभिड जुलियान रिचार्डले आइतबार प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् ।
-
च्यानल नेपालका अध्यक्ष जमिम शाहको गोली हानी हत्या
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । च्यानल नेपालका अध्यक्ष जमिम शाहको आइतवार अपरान्ह गोली प्रहार गरि हत्या गरिएको छ । उनलाई राजधानीको लाजिम्पाटमा दुई जना अपरिचित व्यक्तिले गाली प्रहार गरेका थिए ।
-
मधेशी पत्रकार समूहद्वारा प्रेस मन्च नेपाल गठन
MNN Reporter Report | 7 Feb 2010
काठमाडौं, माघ २४ । विभिन्न संचार माध्यहरुमा कार्यरत रहेका मधेशवादी पत्रकारहरुको आइतवार काठमाडौंमा सम्पन्न एक भेलाले प्रेस मन्च नेपाल नामक नयाँ सङगठनको स्थापना गरेको छ ।






