प्रधानमन्त्रीले मधेशवादी दलका नेताहरुलाई भेटे
MNN REPORTER Report | 11 Jul 2008 | Views: 1381
काठमाडौं,२७ असार । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशवादी दलका नेताहरुलाई भेटेका छन् । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र तर्राई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग छुट्टाछुट्टै छलफल गरकेा छन् ।
संसदमा पेश गरिएको पूरक संशोधन विधेयक र मधेसवादी दलहरुको असन्तुष्टिका विषयमा छलफल भएको स्रोतले बतायो । भेटमा पछिल्लो राजनीतिक अन्यौल चिर्ने उपायबारे कुराकानी भएको थियो । उनले अपरान्हमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसंग अपरान्ह छलफल गर्नेछन् ।
मधेशवादी दलहरु एक मधेश एक प्रदेशको माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरुले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् । यसअघि कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग छलफल गरेका थिए ।
श्रीमतीका कारण नपुशंक
MNN REPORTER Report | 11 Mar 2008 | Views: 1775
इटालीका एक पुरुषले आफू नपुशंक हुनुमा आफ्नी श्रीमतीको ूलो हात रहेको बताउँदै उनीमाथि १ लाख ४० हजार पाउण्डको क्षतिपूर्ति दाबीसहित मुद्दा हालेका छन् ।
इटालेली शहर परमाका स्थायी बासिन्दा र्सर्जियो भिनुस्सीले आफूसँग यसको प्रमाणसमेत भएको दाबी गरेका छन् । उनले अदालतलाई प्रमाण पनि पेश गरिसकेका छन् । र, प्रमाणमा चाहिँ आफ्नी श्रीमतीले हरदम गर्ने किचकिच नै हो भनेका छन् ।
औषधिविज्ञानले समेत श्रीमतीहरुको किचकिचका कारण नपुंशक हुन सक्ने कारण बताएको छ र डाक्टरहरुले त उनको नपुंशकतामा श्रीमतीको हात पूर्ण रुपमा रहेको स्वीकार गरेको उनको दाबी छ । ज्यादै किचकिच भयो भने मान्छेको दिमागमा पर्ने असर र दवावका कारण मान्छे नपुंशक हुने प्रबल सम्भावना रहन्छ ।
भिनुस्सीले भने- "मेरी प्यारी श्रीमतीले बिहेयता मसँग गर्न जानेको एउटै मात्र काम किचकिच हो । यसका कारण म ज्यादै तनावमा हुन्थें र जसका कारण मलाई सेक्सप्रति अनौ ो वितृष्णा जन्मियो । अब मलाई मेरो शरीरको यो क्षयीकरणको पैसामा भरपाई हुन जरुरी छ ।"
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

