'म कहिलेपनि पदको पछाडि लागिन' : माधवकुमार नेपाल
MNN REPORTER Report | 12 Jul 2008 | Views: 659
काठमाडौं,२८ असार । नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालले आफू पदलोलुप नभएको बताएका छन् । ब्राजिलबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै उनले धेरै पदहरु त्यागेको बताए ।
'म कहिलेपनि पदको पछाडि लागिन र लाग्नेपनि छैन ,' तपाईंको नाम राष्ट्रपतिको दाबेदारमा आएको छ नि भन्ने प्रश्नमा उनले भने,'राजाले प्रधानमन्त्री खान आऊ भन्दा अस्वीकार गर्ने मै हुं ।' आफूले नैतिकताका आधारमा एमालेका महासचिवबाट राजीनामा दिएको स्मरणसमेत गराए । उनले चुनौतीका साथ भने,'लौ कसैले नैतिकता देखाओस् ।' एमालेका विदेश विभाग प्रमुख समेत रहेका नेपालको नाम राष्ट्रपतिमा आएको छ । उनी संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट गरी दुवै स्थानबाट पराजित भएकाले विवाद आएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

