प्रथम राष्ट्रपतिको पुनःनिर्वाचन हुने

MNN REPORTER Report | 19 Jul 2008 | Views: 265

काठमाडौं,४ साउन । मुलुकको प्रथम राष्ट्रपतिको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि पुनःनिर्वाचन हुनेभएको छ । ४ साउनमा भएको निर्वाचनमा डा.रामवरण यादवले २८3 र रामराजाप्रसाद सिंहले २७0 मत प्राप्त गरे । आवश्यक २९८ मत कसैको पनि पुगने ।

संवैधानिक व्यवस्थाअनुसार पहिलो र दोस्रो हुनेबीच पुनः निर्वाचन हुनेछ । १६ मत नखसेकाले पनि राष्ट्रपतिको टुंगो नलागेको हो । उपराष्ट्रपतिमा मधेशी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार खडा गरिएका परमानन्द झा निर्वाचित भइसकेका छन् । उनले स्पष्ट बहुमत ल्याएका छन् ।

चुनावमा ५ सय ७८ मत खसेको थियो । कुल ५ सय ९४ संविधानसभा सदस्यमध्ये १५ जनाले बहिष्कार गरेको र एक जना अनुपस्थित भएका थिए । राप्रपा नेपाल, नेकपा एकीकृत, नेमकिपा र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको ऐतिहासिक निर्वाचन बहिष्कार गरे । नेपाली कांग्रेसकी डा.आरजु राणा अनुपस्थित भइन् ।

नेपाली कांग्रेसले प्रस्ताव गरेको डा.रामवरण यादवलाई नेकपा एमाले, मधेशी जनअधिकार फोरम, राप्रपा, नेकपा मालेले र्समर्थन गरेका थिए । नेकपा एमालेले प्रस्ताव गरेको रामराजाप्रसाद सिंहलाई तर्राई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, जनमोर्चा नेपालले र्समर्थन गरेको थियो ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN