सरकारले मट्टीतेल र ग्यासका लागि कार्डको व्यवस्था गर्ने
MNN REPORTER Report | 7 Nov 2008 | Views: 34
काठमाडौं, २२ कार्तिक । सरकारले मट्टीतेल र ग्यासका लागि कार्डको व्यवस्था गर्नेभएको छ । २१ कात्तिकमा संचारकर्मीको प्रश्नमा वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महताले कार्डको व्यवस्था गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
महतोका अनुसार प्रत्येक परिवार र विद्यार्थीका लागि कार्डको व्यवस्था हुनेछ । कार्डबाट खरिद गर्न चाहने र व्यवासायिक रुपमा प्रयोग गर्न चाहनेका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने उनको भनाई थियो । उपभोक्ताले सस्तो र सुलभ ढंगबाट ग्यास पाउन् भन्नका लागि कार्डको व्यवस्था गर्न लागिएको उनको भनाई थियो । उपभोक्ताका तर्फबाट भेट्न आएका प्रतिनिधिले मूल्य घटाउन भनेपनि तत्काल त्यसो गर्न नसकिने तर कार्डको व्यवस्थाबाट सुलभ र सस्तो बनाइने बताए ।
सरकाले आपूर्तिलाई सहज बनाएको उनको दाबी थियो । मिसावट रोक्न विशेष कदम चालिएको बताए । आपूर्ति सचिव पुरुषोत्तम ओझाले पनि कार्डको व्यवस्थाबाट र्सवसाधारण लाभान्वित हुने बताए । उपभोक्ताको हितका लागि सरकार गम्भीर भएको उनको भनाई थियो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

