सरकार तराइका शसस्त्र समुहसँग वार्ताको तयारीमा

MNN REPORTER Report | 15 Nov 2008 | Views: 40

काठमाडौं, १ मंसिर । सरकारले मंसिरको १० गते सम्म् तराइशसस्त्र समुहसँग वार्ता गर्ने तयारी गरेको छ । तराइका शसस्त्र समुह सँगको वार्तामा धनुषाको कुनै स्थानमा वार्ता गर्ने अनौपचारीक सहमति भइसकेको सरकारी वार्ता टोली स्रोतले जनाएको छ ।

सरकारले जनपुरमा नै वार्ता गर्न्पर्ने प्रस्ताव राखेपनि शसस्त्र समुहले सुरक्षाको प्रत्याभूतिमा आशंका व्यक्त गरेका छन् । सरकारी वार्ता टोलीका सदस्य एवं स्थानीय विकास मन्त्री रामचन्द्र झाले तर्राईका सशसस्त्र समूहसँग मंसिर दोस्रो सातासम्म जनकपुरमा वार्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । सरकारी वार्ता टोलीका सदस्य मन्त्री झाले शसस्त्र समुह सँग अनौपचारीक छलफल भइरहेको र सबै समुहको पत्र प्राप्त भएपछि सामुहीक छुट्टा छुट्टै वार्ता गर्ने जानकारी दिए ।

स्रोतका अनुसार सबै भन्द पहिले ज्वाल र गाइत समुह सँग वार्ता गर्ने तयारी भइरहेको छ । मन्त्री झावले केहि दिन अघि भारतमा शसस्त्र समुह सँग अनौपचारीक वार्ता गरेर फर्किसकेका छन् । तराइका केहि शसस्त्र समुहले वार्ता समिति पुर्नगठनको माग गरिरहेका वेला मन्त्री झाले वार्ता समिति पर्ुनर्गठन गर्ने बारे कुनै योजना नरहेको पनि बताए ।

आवश्यक परे प्रधानमन्त्रीसँग वार्ता हुन सक्ने भन्दै मन्त्री झाले अहिले त्यो तहमा पुग्नु आबश्यक नरहेको पनि बताए । उनले वार्ताका क्रममा को राजनितिक समुह हुन को हाइनन भन्ने विषयमा पहिचान हुने पनि बताए । अहिले तराइका विभिन्न ५ ओटा समुहले सरकारी वार्ता टोलीलाई पत्र पठाएका छन् ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN