माओवादीको लक्ष्य जनगणतन्त्र र साम्यवाद
MNN REPORTER Report | 17 Nov 2008 | Views: 61
काठमाडौं, ४ मंसिर । कानुन, न्याय तथा संविधानसभामन्त्रीसमेत रहेका नेकपा माओवादीका सचिवालय सदस्य देवप्रसाद गुरुङले पार्टीको केन्द्रीय कमिटि बैठकले जनगणतन्त्रमा जानेबारे छलफल गर्ने बताएका छन् ।
रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै केन्द्रीय कमिटिले जनगणतन्त्रमा जानेबारे प्रस्ताव तयार गरी राष्ट्रिय कार्यकर्ता भेलामा लगी जनगणतन्त्रमा जानेबारे औपचारिक निर्णय लिने बताए । 'केन्द्रीय कमिटि बैठकमा जनगणतन्त्रमा जानेबारे छलफल हुनेछ ,' मन्त्री गुरुङले भने,'हाम्रो लक्ष्य भनेको जनगणतन्त्र र साम्यवादनै हो । हामी त्यसका लागि कार्यदिशा तयार गर्दैछौं ।' आफ्नो दलको लक्ष्य पूरा नभइसकेकाले संघर्ष अझै बांकी रहेको बताए ।
जनगणतन्त्रका लागि सरकार, सदन र सडक सबै ठाउंबाट संघर्ष गर्ने उनको भनाई थियो । आफूहरु यथास्थितिवादमा रहननसक्ने भन्दै नयां नेपाल र जनगणतन्त्रको कार्यदिशाबारे गम्भरि छलफल हुनलागेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गुरुङले सेना समयोजनको विशेष कमिटिमा नेपाली कांग्रेस आउनैपर्ने नआए शान्ति प्रक्रिया नरोकिने बताए । उनले भने,'सेना समायोजनको विशेष कमिटिमा कांग्रेस आउनर्ैपर्छ । आएन भने समायोजन प्रक्रिया रोकिदैन ।' विशेष कमिटिलाई पूर्णता दिन पहलहरु भइरहेको बताए । शान्ति प्रक्रियाको महत्वपूर्ण लक्ष्यमा अवरोध नपुर्याउन चेतावनी समेत दिए ।
माओवादीभित्र विदेशीलाई हर्ेर्ने दृष्टिकोणबारे विवाद बढेको छ नि भन्ने प्रश्नमा गुरुङले परिवर्तित समयमा परिवर्तित ढंगबाट सोच्नुपर्ने बताए । आफूहरुले विदेशीहरुसंगको सम्बन्धको गतिमा नयां आधार तयार गरेको बताए । पार्टर्ीीे शिर्षपंक्ति राष्ट्रियताको पक्षमा रहेको बताउदै त्यसमा शंका गर्नुपर्ने कुनै आधार नरहेको बताए ।
सरकारको सय दिनको मूल्यांकन गर्दै उपलब्धिमूलक भएको बताए । सरकारले छोटो समयमा नयां नेपाल निर्माणको आधार तयार गर्न महत्वपूर्ण काम गरेको बताए । संविधान निर्माणका लागि आधारहरु पनि तयार भइसकेको उनको भनाई थियो । कार्यतालिका बनाएर काम अगाडि बढाउने टुंगो लागिसकेकाले तोकिएको समयभित्रै संविधान निर्माण हुने दाबी गरे । संविधान निर्माणका लागि सहमति र एकता आवश्यक रहेको भन्दै सरकारले त्यसका लागि हरप्रयास गर्ने बताए ।
प्रेसमाथि एकपछि अर्को प्रहार हुदै गर्दा पछिल्लो समयमा हिमाल खबरपत्रिकाको कार्यालय तोडफोड गरिएकोबारे सोधिएको प्रश्नमा उनले घटनाको वास्तविकता छानविन गरी दोषीमाथि कारबाही गरिने बताए । सरकारले प्रेस स्वतन्त्रतामा कसैसंग सम्झौता नगर्ने र प्रेसविरुद्ध हुने कुनैपनि आक्रमणको भर्त्सना गरिरहने बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेसमाथिको आक्रमण सह्य नहुने बताए । हिमाल खबरपत्रिकाको कार्यालयमाथिको तोडफोड गरी पत्रिका जलाउनुलाई प्रेसमाथिको आक्रमण भन्दै त्यसविरुद्ध पत्रकारहरु एकजुट हुनुपर्ने बताए । उनले प्रेसमाथि आक्रमण जारी रहे आन्दोलनमा जाने चेतावनी समेत दिए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

