तराईका सशस्त्र समूहहरुसँग शान्ति मन्त्रीको लगालग वार्ता

MNN REPORTER Report | 18 Nov 2008 | Views: 50

काठमाडौं, ३ मंसिर । सप्तरीमा दुई सशस्त्र समूहसँग वार्ता गरेलगत्तै शान्ति मन्त्री जनार्दन शर्माले महोत्तरीको भिठ्ठामोडमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहसँग कुरा गरेका छन् ।

मोर्चाका प्रवक्ता कौटिल्य शर्माले मन्त्रीसँग मंसिर २ गते वार्तासम्वन्धमा आफ्नो समूहको धारणा राखेको मोर्चाका महोत्तरी संयोजक आनन्दले बताए । तराईका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक मन्त्री शर्माले वार्ता गरेमध्ये यो नै सबैभन्दा ठूलो समूह हो ।

बुद्ध इयरको दिउँसो डेढ बजे काठमाडौं उडने अन्तिम उडानको टिकट लिएका मन्त्री शर्मालाई जहाजले ४५ मिनेट पर्खेको थियो । तर, वार्ताका कारण उनी जनकपुर आउन भ्याएनन् । केही बेरपछि मन्त्री शर्मा जनकपुर आउदैछन् । जनकपुरबाट काठमाडौं जाने आज अर्को उडान छैन ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN