देशभरका सबै अस्पतालमा उपचार सेवा बन्द
MNN REPORTER Report | 11 Jul 2008 | Views: 814
काठमाडौं,२७ असार । सुरक्षाको माग गर्दै चिकित्सकहरूले तेश्रो दिन पनि देशभरका सबै अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा बन्द गर्नै भएका छन् । चिकित्सक सङ्घको आहृवानमा २७ असारमा निजी, सरकारी एवम् शिक्षण अस्पतालहरूमा आकस्मिकबाहेक सम्पूर्ण चिकित्सा सेवा बन्द गरिएको हो ।
समस्या समाधानका लागि प्रधान मन्त्रीलाई भेटेर आफ्नो सुरक्षाको मागका बारेमा कुरा गरे पनि आफुहरु राज्यले दिने भनेको सुरक्षामा विश्वास गर्न नसक्ने भन्दै आफन्ा आन्दालनको कार्यक्रम नरोकिने संघले बताएको छ ।
उपत्यका लगायत देश भरिका अस्पताल बन्द हुँदा लाँखौ बिरामी प्रभावित भएका छन् ।विर अस्पताल लगायत उपत्यकाका अन्य असपतालमा उपचारका लागि आएका बिरामीहरु अलपत्रमा परेका छन् ।
आजै चिकित्सक संघले आफ्ना माग पुरा नगरेको विरोधमा स्वस्थ्य मन्त्रालयमा धर्नाको कार्यक्रम राखेको जनाएको छ । वीर अस्पतालमा मृत्यु भएका बिरामी नारायण शाहको उपचारमा सङ्लग्न चिकित्सक सुबोधकुमार अधिकारीलाई मार्ने धम्की दिइएको र मृतकका आफन्तको नाममा एभरेष्ट नर्सिङ् होममा तोडफोड गरेको विरोधमा सङ्घले बन्दको घोषणा गरेको हो । असार २१ गते काठमाण्डुको एभरेष्ट नर्सिङ् होममा पेटको उपचार गराइए पछि वीर अस्पतालमा शाहको मृत्यु भएको थियो । देशभरीका अस्पतालका नियमित उपचार सेवा बन्द गरेपछि उपचारका लागी अस्पताल पुगेको सबै विरामी अलपत्र परेका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

