आज विश्व जनसङ्ख्या दिवस मनाईदै

MNN REPORTER Report | 11 Jul 2008 | Views: 787

काठमाडौं,२७ असार । आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि "परिवार व्यवस्थापन हाम्रो अधिकार, यसलाई पारौ साकार" भन्ने मूल नाराका यो दिवस मनाईदैछ ।

विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले शुभकामना दिदै जनसङ्ख्या व्यवस्थापनलाई प्रथम प्राथमिकतामा राखेर, "परिवार व्यवस्थापन सम्वन्धी कार्यक्रमहरू प्रति सबै सजग हुनु पर्ने बताउनुभएको छ । उहांले बढ्दो जनसङ्ख्याले सिर्जना गरेको चुनौती प्रति सचेत रहेर देशका सबै चेतनशील वर्गहरूले गम्भीररूमा यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरिराजमणि पोखरेलले विश्व जनसङ्ख्या दिवसका अवसर पारेर सन्देश दिँदै यस वर्षो विश्व जनसङ्ख्या दिवसले परिवार नियोजनका तरिकाहरूको जानकारी र सेवा प्राप्त गर्ने अधिकारलाई मानव अधिकारको रूपमा स्थापित गरि यसलाई व्यवहारमा साकार पार्नमा जोड दिईएको बताउनु भएको छ ।

यसै अवसरमा राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका कार्यकारी निर्देशक थोराया अहमद ओवाइदले चरम गरिवी र भोक निमर्ूल गर्न एवम् मानिस तथा हाम्रो पृथ्वी ग्रहको स्वास्थ्य सुधार गर्न सहश्राब्दी विकासको लक्ष्य हासिल गर्ने प्रयासलाई त्रि्रता दिनुपर्नेमा जोड दिनुभयो ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN