फोरम संसदीय दलका नेतामा गच्छेदार चयन

MNN REPORTER Report | 12 Jul 2008 | Views: 610

काठमाडौं,२८ असार । मधेशी जनअधिकार फोरमको संसदीय दलको नेता चयन भएका छन् । असार २७ मा सिंहदरबारमा बसेको फोरम संसदीय दलको बैठकले गच्छेदारलाई र्सवसम्मतले नेता चयन गरेको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको नेताको दाबी छाडेपछि गच्छेदार चयन भएका हुन् । फोरमको प्रमुख सचेतकमा चन्द्रिकाप्रसाद यादव चयन भएका छन् । उपनेतामा भने कुरा मिल्न सकेन ।

नेपाली कांग्रेस त्यागी संविधानसभा चुनाव अघि फोरम प्रवेश गरेका गच्छेदार विगतमा पटक पटक मन्त्री भएका थिए । उनी कांग्रेसमा रहदा प्रभावशाली नेताका रुपमा परिचित थिए ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN