नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा विदोह

MNN REPORTER Report | 12 Jul 2008 | Views: 957

काठमाडौं,२८ असार । बांकेस्थित नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा विदोह भएको छ । दिउंसो जवानहरु एक भएर आधा दर्जन अधिकृतलाई नियन्त्रणमा लिएका छन् ।

जवानहरुले आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै अधिकृतहरुमाथि कारबाहीको माग गरेका छन् । गणका एसएसपी पशुराम खत्री, एसपीहरु अख्तर अली अन्सारी, घनश्याम भट्टसहितका अधिकृतहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले केही राउण्ड हवाई फायर गरेका थिए । त्यस क्षेत्रलाई प्रहरीले घेरा हालेको छ । विदोहमा संलग्न जवानहरुका तर्फबाट धनबहादुर विकले अधिकृतहरुले मादकपदार्थ सेवन गरी दुर्व्यवहार गरेको बताए । उनले स्वास्थ्य परिक्षणको माग गरेका छन् ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN