बैठकमा सहभागी हुन सबै सभासदहरुलाई हृवीप जारी

MNN REPORTER Report | 13 Jul 2008 | Views: 982

काठमाडौं,२९ असार । नेपाली कांगे्रस नेताहरुले आज बस्ने संविधानसभाको बैठकमा सहभागी हुन आफ्ना सबै सभासदहरुलाई हृवीप जारी गरेको छ । हिजो देखि शुरु भएको कांग्रेस संसदीय दलको वैठकमा कांग्रेसले सबै सभासदलाई अनिवार्य उपस्थितिका लागी निर्देशन दिएको हो ।

संसदीय दलको आजको वैठकमा पार्टीले लिने नीति र आजको संसदको वैठकमा अपनाइने रणनितिका वारेमा छलफल हुने कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो । हिजोको वैठकमा वाल्ने सबैजसो सभासद्हरुले नेतृत्वको आलोचना गरेका थिए । आज पनि सभासदहरुले बोल्ने क्रम सकिएपछि संविधान सभाको वैठकमा खेल्ने रणनिति तय गरिनेछ । कांग्रेस संसदीय दलको वैठक बिहान ८ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN