राष्ट्रपति मधेसी मूलको मानिसलाई बनाउनु पर्ने : गच्छेदार

MNN REPORTER Report | 13 Jul 2008 | Views: 693

काठमाडौं,२९ असार । मधेसी जनअधिकार फोरमका नेता बिजयकुमार गच्छेदारले मुलुकको राष्ट्रपति मधेसी मूलको मानिसलाई बनाउनु पर्ने बताएका छन् । राजधानीमा रिपोर्टस क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै गच्छेदारले मधेसी नभए जनजातिलाई राष्ट्रपति बनाउदा मुलुकको राष्ट्रिय एकतालाई राम्रो हुने उल्लेख गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार २७ गते भएको आफूहरुसँगको भेटमा सरकारमा आउन अनुरोध गरेको पनि गच्छेदारले कार्यक्रममा जानकारी दिए । कार्यक्रममा गच्छेदारले अन्तरिम संविधानमा पाँचौ संशोधन हुनलागेकाले असार २९ गतेको बिधायिका संसदको बैठक आफ्नो दलले बहिश्कार गर्न लागेको पनि बताए ।

थारुहरुले थरुहट माग गर्नु जायज भए पनि त्यो माग एमालेको उक्साहटमा आएको थारु जातिका गच्छेदारले कार्यक्रममा दावी गरे । थारुहरुको जनसंख्या ५० लाख भनिएकोमा ३० लाख मात्र भएको पनि उनको भनाई थियो । तराईको १८ प्रतिशत हिस्सा ओगट्ने थारुहरुलाई ८० प्रतिशत मधेसीसँग भिडाउन खोजिएको पनि गच्छेदारले कार्यक्रममा बताए ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN