विदोह नियन्त्रण गरी आवश्यक कारबाही गर्ने निर्णय

MNN REPORTER Report | 14 Jul 2008 | Views: 615

काठमाडौं,३० असार । मन्त्रिपरिषदको आकस्मिक बैठकले सुरक्षाफौजमा भएको विदोह नियन्त्रण गरी आवश्यक कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा भएको बैठकले नेपालगञ्जको दंगा नियन्त्रण गणमा बन्धक बनाइएका प्रहरी अधिकृतहरुको सकुशल रिहाईका लागि ठोस पहल गर्ने निर्णय समेत गरेको छ ।

श्रम तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकका अनुसार विदोह नियन्त्रण गरी दोषीमाथि कारबाही गर्ने निर्णय भएको छ । घटनामा क कसको हात रहेको छ भन्नेबारे पनि छानविन हुने उनको भनाई थियो । सुरक्षाफौजमा अनुशासन कायम गर्न तत्काल पहल गर्न भनिएको छ ।

यसअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली, जनपथ प्रहरी प्रमुख ओमविक्रम राणा र सशस्त्र प्रहरी प्रमुख वासुदेव ओलीसंग परामर्श गर्नुभएको थियो । उहांले प्रहरीभित्र अनुशासन कायम राख्न आवश्यक काम थाल्न निर्देशन दिनुभएको थियो । विदोहको सिलसिलाप्रति गम्भीर हुनुभएका उहांले सुरक्षा संयन्त्र कमजोर पार्ने षड्यन्त्रप्रति सचेत रहन भन्नुभएको स्रोतले बतायो ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN