बहुमतिय प्रणालीमा सरकार गठनको पहल शुरु

MNN REPORTER Report | 14 Jul 2008 | Views: 910

काठमाडौं,३० असार । बहुमतिय व्यवस्थासहित अन्तरिम संविधान संशोधन गरेपछि दलहरुले सरकार गठनको पहल शुरु गरेका छन् । संविधानसभाले बहुमतिय प्रणालीमा र नयाँ सरकार गठन गर्ने सहति अन्तरिम संविधान हिजो संसोधन भएको छ ।

प्रमुख राजनीतिक दलहरूले नयाँ नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि छलफल र गृहकार्य बिहानै देखि तीब्र पारेका छन् । हिजो बहुमतका आधारमा राष्ट्रपति, प्रधानमन्त्री र सभाध्यक्षको टुङ्गो लगाउने गरी अन्तरिम संविधान संसोधन भएपछि सरकार गठनको बाटो खुला भएको थियो ।

नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेलगायत प्रमुख दलहरू बिहानैदेखि आन्तरिक र दुइपक्षिय छलफलमा जुटेका छन् । नेकपा माओवादी र नेकपा एमालेविच सरकार गठनका विषयमा छलफल शुरु भएको छ । केहिवेर अघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको नायँ बजारमा रहेको निवासमा शुरु भएको छलफलमा शक्ति बाँडफाँड बारे छलफल भइरहेको छ ।

एमाले नेता भीम रावलका अनुसार आज शक्ति बाँडफाँड र सरकार गठनको प्रक्रियाका विषयमा दुइदलविच टुङ्गो लागेपछि कांग्रेस सँग छलफल गरिनेछ । माओवादी र एमाले विच दुइपक्षिय छलफल हुनुअघि दुइटै दलले आन्तरिक छलफल गरेका छन् । नेकपा माओवादीले सरकारमा जाने व्यक्तिहरूका बारेमा पनि छलफल गरेको छ । यसैगरी नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेसका कही केन्द्रीय सदस्यहरूसँग आजै छलफल गर्नुहुने स्रोतले जनाएको छ ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN