'राष्ट्रपति कसलाई बनाउने, टुंगोमा पुगिएको छैन' : बलदेव
MNN REPORTER Report | 16 Jul 2008 | Views: 599
काठमाडौं,१ साउन । नेकपा माओवादीका डेपुटी कमाण्डर बलदेवले आफ्नो दलले राष्ट्रपतिमा कसलाई र्समर्थन गर्नेबारे कुनै टुंगो नलगाएको बताएका छन् । १ साउनमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भोलि विहानसम्म टुंगोमा पुग्न सबै दलसंग छलफल अगाडि बढाइएको बताए ।
'राष्ट्रपति कसलाई बनाउनेबारे टुंगोमा पुगिएको छैन ,' माओवादी केन्द्रीय सदस्यसमेत रहेका बलदेवले भने,'एमालेसंग सहमतिको नजिक पुगिएको छ ।' आफूहरुले माधवकुमार नेपालको साटो अर्को नाम अगाडि र्सार्न आग्रह गरेकोमा एमालेले अडान नछाडेपछि समस्या पैदा भएको बताए । उनले कि त आफूहरु पछि हट्नुपर्ने कि त एमाले पछि हट्नुपर्ने अवस्था आएको भन्दै सहमतिका लागि अन्तिम समयसम्म प्रयास जारी रहेको बताए ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्भावना समाप्त भइनसकेको उनको भनाई थियो । आफूहरु गणीतिय भन्दा सहमतिय प्रणालीका पक्षमा रहेको बताए । रामराजाप्रसाद सिंहलाई प्राथमिकतामा राखिएको बताए । सेना समायोजनका लागि अनमिनको भूमिका अझै आवश्क रहेको बताए । बढीमा ९० जना कर्मचारी रहनेगरी अनमिनलाई सेना समायोजनको सुपरीवेक्षणमा रहन भनिएको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले सहमतिका आधारमा राष्ट्रपति चयन हुनेभएमात्र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम अघि सार्ने बताए । सहमतिको आधारमा राष्ट्रपति चयन प्रक्रियामा नगए गम्भीर संकट आउनसक्ने बताए । उनले भने,'सहमतिको राजनीतिलाई पाखा लगाएर गणतीय खेलमा गए दुर्भाग्य हुनेछ ।'
सहमतिभन्दा बाहिर जान खोजे विपक्षीका रुपमा रहनुको विकल्प नरहने उनको भनाई थियो । आफूहरु पदका लागि भन्दा संविधान निर्माणमा केन्द्रित हुने स्पष्ट पारे । ठूलो दलका रुपमा माओवादीले सरकारको नेतृत्व गर्नेभएपछि दोस्रो रोजाई नेपाली कांग्रेसको रहेको तर्क गरे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा निभाउनुभएको भूमिकालाई बेवास्ता गर्नु गम्भीर भूल हुने बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रामचन्द्र झाले आफूहरु माधवकुमार नेपालबाहेक अन्यलाई राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा नरहेको बताए । उनले भने,'माओवादी हामीसंग सत्ता साझेदारी गर्न चाहन्छ भने माधवकुमार नेपाललाई राष्ट्रपतिमा र्समर्थन गरोस् , अन्य विकल्प देऊ भन्छ भने अरु दलसंग साझेदारीमा जाओस् । हामी अरु नाम दिदा पनि दिदैनौं, छलफल पनि गर्दैनौं ।' माओवादीसंग राष्ट्रपतिमा मात्र नभएर प्याकेजमै सहमति बनाइने उनको भनाई थियो । माओवादीले मधेशवादीसंग सत्ता साझेदारी गर्ने नाममा तर्राईका अभिजातहरुसंग सांठगांठ बढाइरहेको बताए ।
सदभावना पार्टीका महामन्त्री अनिलकुमार झाले मधेशवादीनै राष्ट्रपति हुनुपर्ने बताए । आफूहरु रामराजा सिंहको पक्षमा रहेको बताए । उनले भने,'भरसक मधेशवादीलाई राष्ट्रपति बनाउनर्ुपर्छ, हैन भने रामराजाप्रसाद सिंह स्वीकार्य हुनसक्छ ।' एउटा दललाई मात्र साथ लिएर अन्य दललाई वाइपास गर्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य वीपी यादवले आफूहरुले रामराजाप्रसादलाई राष्ट्रपतिमा र्समर्थन गर्ने बताए । मधेशीनै राष्ट्रपति हुनुपर्ने दाबी गर्दै भने,'माओवादी रामराजाको नामबाट पछि हटेमा गम्भीर परिणाम भोग्नुपर्नेछ ।' मधेशीलाई खेलौंना बनाउने परम्पराको अन्त भएको घोषणा गर्न रामराजालाई राष्ट्रपति बनाउनुपर्ने बताए । एमाले संघीयताको विरोधी भएकाले ऊसंग सहकार्यको सम्भावना नरहेको बताउदै भने,'हामीलाई माधव नेपाल या एमालेको कुनै उम्मेदवार स्वीकार्य हुनेछैन ।'
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

