राष्ट्रपति र उपराष्ट्रपतिको मनोनयन दर्ता आज

MNN REPORTER Report | 17 Jul 2008 | Views: 638

काठमाडौं,२ साउन । शनिवार हुने चुनावका लागी राष्ट्रपति र उपराष्ट्रपतिको मनोनयन दर्ता आज हुँदैछ । मनोनय दर्ता अगाडी राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा दलहरुले आज अन्तिम सहमतिको प्रयास गर्ने भएका छन् ।

प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले लगायत मधेसवादी दलहरुले सयूक्त र छुट्टा छुट्टै छलफल गर्दैछन् । आजै राष्ट्रपतिको मनोनयन दर्ता अगाडी सहमति जुटाउन अन्तिम प्रयास गरिने दलहरुले जनाएका छन् । दलहरुविच सहमति भए या नभए पनि आज १ बजे सम्म राष्ट्रपति र उपराष्ट्रपतिका लागी मनोनयन दर्ता गरिसक्नु पर्नेछ । निर्वाचन कार्यतालीका अनुसार साडे १ बजे देखि २ बजे सम्म आघा घण्टा मनोनयन पत्र माथी दावी विरोध, साडे ३ बजे सम्म् दावी विरोधमाथी जाचबुझ गरीने छ ।

त्यसैगरी साडे ३ बजे देखि ४ बजेसम्म उम्मेद्वारी फिर्ता र ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । अहिले सम्म राष्ट्रपतिका लागी स्वतन्त्र व्याक्तिका रुपमा रामराजाप्रसाद सिंह र तराइमधेस लोकतान्त्रीक पार्टीका राजुराय यादवले र उपराष्ट्रपतिका लागी जगतबहादुर बस्नेतले फराम लिनु भएको छ । नेपाल राष्ट्रय जनकल्याण पार्टीका खुसिलाल यादवले दुइटै पदको फारम लिनु भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको मनोनयन दर्ता गराउन ५-५ जना सभासद प्रस्तापक र र्समर्थक रहनुपर्ने ब्यावस्था छ ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN