माधव नेपालबारे माओवादीले आज अन्तिम निर्णर्य गर्ने

MNN REPORTER Report | 17 Jul 2008 | Views: 636

काठमाडौं,२ साउन । राष्ट्रपति र उपराष्ट्रपतिबारे आ-आफ्ना धारणा बनाउन संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुले आन्तरिक र सयूक्त छलफलको तयारी गरेका छन् । दलहरुविच सहमति नभए चुनावबाटै राष्ट्रपति र उपराष्ट्रपतिको टुङ्गो लाग्ने भएपछि आ-आफ्नो धारणा बनाउन दलहरुले छलफलको तयारी गरेका हुन् ।

एमाले सँग राष्ट्रपतिको सहकार्य गर्न तयार नेकपा माओवादीले माधवकुमार नेपाललाई मान्ने या नमान्ने विषयमा आज अन्तिम निर्णर्य गर्ने भएको छ । अहिले माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शुरु भएको केन्द्रीय सचिवालयको वैठकले माधव नेपाललाई राष्ट्रपतति मान्ने या नमान्ने विषयमा अन्तिम निर्णर्य गर्नेछ । नेकपा एमालेले अब माधव नेपालाई राष्ट्रपति नदिए सरकारमा सहभागीता असम्भव हुने बताएपति माधव नेपालाई मान्ने विषयमा माओवादी नजिक रहेको स्रोतले जनाएको छ ।

माओवादी नेता मोहन वैद्य करिणले आजको सचिवालयको छलफल मुख्य गरी राष्ट्रपतिका विषयमा केन्द्रीत हुने र त्यो वाहेक सरकार गठन, दलहरुको सहकार्यका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो । त्यस्तै मधेसवादी दलदलले पनि राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा धारणा बनाउन अहिले बिहान ९ बजे सयूक्त छलफल गर्दैछन् । तराइ मधेस लोकतान्त्रीक पार्टीका नेता हृदयस त्रिपार्टीले तीन दलको वैठकपछि राष्ट्रपति र उपराष्ट्रपति बारे साझा धारणा बनाउने जानकारी दिनुभयो । त्यस्तै संविधान सभामा प्रतिनिध्व गर्ने साना १३ दलको वैठक पनि अहिले बिहान छुट्टै बस्दैछ ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN