यात्रुवहाक बस दुर्घटनामा १६ को मृत्यु

MNN REPORTER Report | 20 Jul 2008 | Views: 488

काठमाडौं,४ साउन । हिजो रात्री १२ बजे काठमाडौंबाट भैरहवाका लागि हिडेको यात्रुवहाक बस चितवन जिल्लाको चण्डिभञ्ज्याङ्ग नजिकै खहरे खोलाको पुलमा द्रुत गतीमा रहेको बस अनियन्त्रित हुँदा भएको दुर्घटनामा १६ जनाको निधन भएको छ भने प्रहरी र स्थानिस वासिन्दाद्वारा थपको खोजी कार्य जारी राखेका छन् ।

मृत्यु हुनेमा १५ जनाको शव दुर्घटना स्थलमा नै भेटिएको थियो भने १ को अस्पतालमा पुर्याएपछि निधन भएको हो ।बसको आधा भाग खोला डुबेको अवस्थामा छ भने आधा बगरमा देखिएको छ । अझैसम्म बसमा कति यात्रु थिए भन्ने पुष्टि हुन सकेको छैन भने दुर्घटनामा बाच्न सफल भएका एक यात्रुको भनाई अनुसार बसमा सिट पुरै भरिनुका साथै मुडा राखेर बिचबिचमा समेत यात्रु राखेको हुँदा १ दर्जनभन्दा बढी हराइरहेको अनुमान छ । घाइते २८ जनाको चितवनको भरतपुरस्थित मेडिकल कजेलमा उपचार गरिरहेको छ । साथै केही यात्रुलाई त्रिशुली नदिले बगाएको अनुमान गरिएको छ । यसैबीच धादिङ्गकै कटुञ्जे गाविसमा गएको पहिरोमा ४ घरसहित ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN