प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राजीनामा
MNN REPORTER Report | 23 Jul 2008 | Views: 624
काठमाडौं,८ साउन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नवनिर्वाचित राष्ट्रपति डा.रामवरण यादवसमक्ष राजीनामा दिएका छन् । साउन ८ मा राष्ट्रपति भवन शितलनिवास पुगेका उनले राजीनामापत्र बुझाएका हुन् ।
राष्ट्रपति डा.यादवले राजीनामा स्वीकृत गरेका छन् । नयां सरकार नबनुन्जेल यही मन्त्रिपरिषद कामचलाऊका रुपमा रहने बुझिएको छ । राजीनामापत्रमा कोइरालाले आफ्नो नेतृत्वको सरकारले मुलुकमा शान्ति प्रक्रियालाई अगाडि बढाउन भूमिका निभाएको उल्लेख गरेका छन् । 'मेरो नेतृत्वमा बनेको सरकारले ऐतिहासिक संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ ,' पत्रमा भनिएको छ,'नयां सरकाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने आशा व्यक्त गरेको छु ।' अन्तरिम संविधानको धारा ३८ को ७ खण्ड क बमोजिम राजीनामा दिएको उल्लेख छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

