मलेसियामा जारी सातौं एसीसी एलाइट कपमा नेपालको विजयी सुरुवात
MNN REPORTER Report | 26 Jul 2008 | Views: 169
काठमाडौं,११ साउन । काठमाडौँ। नेपालले मलेसियामा जारी सातौं एसीसी ट्रफी एलाइट कम क्रिकेट प्रतियोगितामा आफ्नो विजयी सुरुआत गरेको छ। केहीबेरअघि सम्मन्न आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४४ रनले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ओभर ब्याटिङ गरे पनि नौ विकेटको क्षतिमा दुई सय एक रन मात्र जोडेपछि नेपाल विजयी भएको हो। नेपाललाई विजयी बनाउन कप्तान विनोद दास र वसन्त रेग्मीले तीन तीन तथा महबुब आलम र पारस खड्काले एक–एक विकेट लिएका थिए।
क्वालालम्पुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाई दुई सय ४५ रन बनाएको थियो।
नेपालका लागि पारस खड्काले सर्वाधिक ८१ तथा सदर भेस्वाकरले ४८ र परेश लोहनीले ४२ रनको योगदान गरे। यस्तै ज्ञानेन्द्र मल्लले २३, महबुब आलमले २० र वसन्त रेग्मीले नौ रन जोडेका थिए। शक्ति गौचन १२ र महेश क्षेत्री २ रनमा अविजित रहे भने ओपनर कनिष्क चौगाईं डकआउट भएका थिए। नेपालले आफ्नो समूहको दोस्रो भोलि कतारसाग प्रतिस्पर्धा गर्नेछ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

