नयाँ अनुहारबीचको टक्कर ! कट्रिनाको हिन्दी समस्या !! अमिशाको निर्णय !!!
MNN REPORTER Report | 26 Jul 2008 | Views: 120
काठमाडौं,११ साउन । हाल बक्स अफिस दुईवटा चलचित्रले तातेको छ। जता गए पनि जे पढे पनि यी दुई फिल्मकै चर्चा चलेको छ। ती फिल्म 'जाने तु या जाने ना' र 'लभ स्टोरी २०५०'।
यी दुवै चलचित्रहरुमा दुई नयाँ अनुहार देख्न पाइन्छ। जाने तु या जाने ना मा देखिएका छन् आमिर खानका भान्जा इमरान भने, लभ स्टोरी २०५० मा देखिएका छन् ह्यारी बवेजका छोरा हरमन। दुवै फिल्म एकै पल्ट रिजिल भएका कारण इमरान र हमनबीच निकै टक्कर चल्ने देखिन्छ जबकी दुदै निर्देशकहरुले आफ्नो चलचित्र निकै राम्रो भएका दावी गरेका छन्।
गत हप्ता सोनी टेलिभिजनका नायक सलमान खानद्वारा प्रस्तुत गेम सो दश का दममा मामा आमिर र भान्जा इमरान देखिए। तर उक्त दिनका लागि सोनी टेलिभिजनले लभ स्टोरी २०५० का नायक हरमनलाई निम्तो दिइसकेका थिए। स्रोतका अनुसार कार्यक्रममा सहभागी हुन हरमन निकै उत्सुक रहेका थिए। तर यस कुराको सुँइको मामा आमिरले पाएर तुरुन्तै सोनी टिभीलाई जानकारी गराउँदै आफू इमरान कार्यक्रममा सहभागी हुन इच्छुक भएको बताए। तब तत्काल सोनी टिभीले आमरिको प्रस्तलाई स्वीकार गरे र हरमनलाई खेल्नु भन्दा पहिले नै आउट गराए। हरमनलाई निकै पछि मात्र यो कुराको जानकारी दियएको स्रोतले बतायो। नयाँ अनुहारबीचको यो टक्कर बलिउडमा नयाँ भने अवश्य हैन। अब हेर्न यति बाँकी छ कि दिपिकाले सोनमलाई उछिने झैं यसपटक कसले कसलाई उछिन्टन्।
कट्रिनाको हिन्दी समस्या!:
बलिउडकी चर्चित तथा अहिलेकी व्यस्त नायिका कट्रिना केफ आफ्नै कारण समस्या पनि थालेकी छिन्। आफ्नो पुराना पुर्खा हिन्दी नभएको कारण उनलाई हिन्दी भाषामा समस्या पर्ने गरेको देखिन्छ। उनीद्वारा अभिनित चलचित्रहरुमा उनको आवाज अरुद्वारा डब गरिन्छ। हिन्डी भाषामा पोख्त नभएकी कारण अरुद्वारा डब गर्ने गरेको सबैलाई थाहा भएकै कुरा हो।
तर यसपटक भने कट्रिनाको हिन्दी समस्याका कारण एक टिभी सो ने पुनर्निर्माण गर्नुपर्यो। शाजिद खानद्वारा प्रस्तुत गरिने एक टिभी एक सो प्रसारको क्रममा रहेको छ। जसमा थुप्रै कलाकारहरु सहभागी हुने छन्। जसमध्ये फाराह खान, अनिल कपुर, विवेक ओबराय, विद्या वालन, शाहिद कपुर र संजय दत्त रहने छन्। उक्त कलाकारसँग कट्रिना पनि देखिने छिन्।
अन्य कलाकारहरुले कार्यक्रम निकै सहज रुपमा लिए भने कट्रिनाको लागि भने अरुलाई जस्तो सहज हुन सकेन। प्रमुख कारण थियो उनको हिन्दी भाषा समस्या। हिन्दी भाषा बौल्न असहज हुनाको कारण प्रायजसो हिन्दी भाषा बोल्न असहज हुनाको कारण प्रायजसो कार्यक्रमहरुमा कट्रिना खानलाई अनुरोध गरेको थिइन् र साजिद खानलाई अनुरोध गरेको थिइ नर शाजिदले कार्यक्रम पुननिर्माण गर्न लगाए।
उनको भाषाका कारण एउटा टिभी कार्यक्रम त गर्नुपर्ने समस्या त नआउला! त्यसकारण कट्रिनालाई हिरोइन बनाउन खोज्ने निर्माता निर्देशकहरुले सलमानलाई अनुरोध गरे हुन्छ कट्रिनालाई हिन्दी भाषाको ट्रेनिङ दिनका लागि!
अमिशाको निर्णय!:
हाल बक्स अफिसमा रहेका चलचित्रहरु मध्ये थोडा प्यार थोडा म्याजिक' बच्चाहरुबीच निकै चर्चित बनेको पाइन्छ। रानी मुखर्जीको साथसाथ अमिसा पटेलद्वारा अभिनित उक्त चलचित्रमा उनले आफ्नो सरनेम हटाएर अमिसा मात्र राखेकी निर्देशक कुनाल खोलीले बताए।
लामो समयदेखि विक्रम भट्टसँगको प्रेम प्रसंग अन्त्य भएपछि उनले आफ्नो नामबाट पटेल हटाएर अमिसा मात्र राखेकी हुन्। उनले यो निर्णयबाट उनका भाइ असिमत पटेल र आमा आशा पटेस समेत अनजान थिए।
केही वर्ष यता पारिवारिक किचलोका कारण अमिसा आफ्ना पिता अमित पटेल तथा आमा आशा पटेल, भाइ अस्मित पटेल लगायतका आफ्नो परिवार भन्दा छुट्टै बस्छिन्। आफ्नो कमाईको आफ्ना परिवारद्वारा मिसयूज भएको आरोप लगाउँदै अमिसाले सो कुरा अदालतसम्म पुर्याएकी थिइन्। तर हालसालै अमिसाका परिवारले उनलाई घरमा आउन अनुरोध गरेता पनि उनले मानिनन् र अब उनको यो निर्णयले उनले आफ्नो तर्फबाट आफ्नो परिवारतिरको बाटो सधैंको लागि बन्द गरेकी छिन्।
सधैं आज्ञाकारी छोरीको भूमिकामा अभिनय गर्ने अमिसा, आफ्नो परिवारका कारण रियल लाइफमा आदर्श र आज्ञाकारी छोरी बन्न सकिन्नन्।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

