सिनेमा खेल्न लालुले आठ करोड पाउने
MNN REPORTER Report | 26 Jul 2008 | Views: 113
काठमाडौं,११ साउन । लन्डनमा बसोवास गर्ने भारतीयहरूले बनाउन लागेको एउटा सिनेमा खेल्नका लागि भारतीय रेल्वेमन्त्री लालुप्रसाद यादवलाई पाँच करोड भारु (आठ करोड नेपाली) मा अनुबन्धन गराउने प्रयास भएको छ।
तर सिनेमा खेलेबापत प्राप्त गर्ने रकमका लागि भने उनले मन्त्री भएको कारण राष्ट्रपतिसँग अनुमति माग्नुपर्नेछ। त्यसो त, लालु यादवलाई विभिन्न टेलिभिजन च्यानलले तयार गर्ने प्रोग्राममा आबद्ध हुन अनुरोध गर्दै आएका छन्। स्टार टीभीले प्रतिहप्ता एउटा कार्यक्रममा भूमिका निर्वाहका लागि एक करोड भारतीय रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। शाहरूख खान र हेमा मालिनीले सिनेमामा खेल्नका लागि आफूलाई अनुरोध गरेको लालु यादवले बताएका छन्।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

