प्रतिष्ठित फुटवल प्रतियोगिता तिलोत्तम कप हुने
MNN REPORTER Report | 26 Jul 2008 | Views: 209
काठमाडौं,११ साउन । पश्चिम क्षेत्रको प्रतिष्ठित फुटवल प्रतियोगिता तिलोत्तमा गोल्ड कप फुटवल प्रतियोगिता भदौं ७ गतेदेखि हुने भएको छ । बुटवल नगरपालिका संरक्षक रहेको गोल्डकपको १६ औं संस्करण हुन लागेको हो ।
२०३३ सालदेखि प्रारम्भ भएको गोल्डकप २०५८ सालदेखि रोकिएर पुनः ७ वर्षपछि संचालन हुन लागेको हो । रुपन्देही जिल्ला फुटवल संघको आयोजना र बुटवल नगरपालिकाको मुख्य प्रायोजनमा उपत्यकावाहिरको र्सवाधिक धनराशीसहित प्रतियोगिता गर्न लागिएको रुपन्देही जिल्ला फुटवल संघले आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको छ ।
२०३१ सालमा तत्कालिन बुटवल नगरपंचायतले पवित्र नदि तिलोत्तमाको नामवाट प्रतियोगिताको नामाकरण गरेको थियो ।गोल्डकप फिफा गोल्ड प्रोजेक्ट अर्न्तगत बुटवल १३ देविनगरमा निर्मित फिफा टेक्निकल सेन्टरमा गरिने भएको छ ।
विजेतालाई १ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५५ हजार ५ सय ५५ नगद राशीका साथैं सर्वोत्कृष्ट खेलाडी र र्सवाधिक गोलकर्तालाई ५ हजार ५ सय ५५ नगद दिइने पत्रकार सम्मेलनमा जनाइयो ।
प्रतियोगिता आयोजना गर्नका लागि १८ लाख ६० हजार भन्दा वढि खर्च आकलन गरिएको उल्लेख गर्दै संघका अध्यक्ष हरि प्रसाद श्रेष्ठले प्रतियोगिता संचालन गर्न सहयोग पुर्याउन सवैसँग आग्रह गर्नुभयो ।
यस क्षेत्रको व्यावसायिक क्षेत्र अभिबृद्धिमा समेत योगदान पुर्याउने गोल्डकपमा साविक विजेता फ्रेन्डस क्लव,नविल थ्रिस्टार,एनआरटी,जावलाखेल,एन्फा एकेडमी,शसस्त्र प्रहरी वल,नेपाल आर्मी लगायतका ए डिभिजन क्लवहरु र रुपन्देही ११,कास्की जिल्ला फुटवल संघ,सहारा क्लव पोखरा,पुवाचंल ११ लगायतका मोफसलका प्रतिष्ठित टिमहरुका साथैं भारतको प्रख्यात केहि क्लवहरुको समेत सहभागिता रहने जानकारी सो अवसरमा दिइयो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

