यातायातक्षेत्रमा नया नीति र कानुन आवश्यक
MNN REPORTER Report | 26 Jul 2008 | Views: 178
काठमाडौं,११ साउन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले यातायात क्षेत्रका समस्या समाधान गर्न नया“ नीति र कानुन आवश्यक भएको बताएका छन् ।
'यातायात क्षेत्रमा अहिले जति समस्या छन्, ती सबै सरकारी अकर्मण्यताले भएका हुन्, तीनको समाधानका लागि माओवादी नेतृत्वको सरकारमात्र सक्षम छ,' उनले भने । दाहालले आफ्नो नेतृत्वमा सरकार बने छुट्टै यातायात मन्त्रालय स्थापना गर्ने जानकारी दिए ।
यातायात क्षेत्रमा अहिले सिन्डिकेट र यसका विरुद्धमा व्यवसायीको विरोध, सरकारद्वारा निर्धारित भाडा, विद्यार्थी सहुलियतलगायत विवाद छन् ।
'यातायात क्षेत्रमा अर्बौं लगानी भएको छ, यसलाई राज्यले सुरक्षा दिनुर्ुपर्छ,' नेपाल ट्रक ट्यांकर तथा परिवहन व्यवसायी महासंघको पा“चौ साधारणसभामा अध्यक्ष दाहालले भने, 'भूपरेविष्ठत मुलुकको अर्थतन्त्रको मेरुदण्ड पनि यही हो । यसैले यो क्षेत्रलाई सबभन्दा पहिले व्यवस्थित बनाउनुर्ुपर्छ ।'
उनले नया“ संविधान नलेखिएसम्म राजमार्ग र सडक कसैले पनि बन्द नगर्ने प्रस्ताव २५ दलसमक्ष अघि सारेको जानकारी दिए ।
उनले सिन्डिकेटमार्फ व्यवसाय सञ्चालन गरिरहेका यातायात व्यवसायीलाई र्सार्वजनिक निजी क्षेत्र साझेदारीका आधारमा अघि बढ्न आग्रह गरे । तर ट्रक व्यवसायीद्वारा सञ्चालित सिन्डिकेटविरुद्ध अध्यक्ष दाहालले बोलेनन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले यातायात व्यवसायीलाई सबै क्षेत्रका सिन्डिकेट तत्काल हटाउन आग्रह गरे । विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा सन् २०१० पछि बहुराष्ट्रिय ढुवानी कम्पनीसमेत आउनसक्ने भएकाले सिन्डिकेट अन्त्य गरी प्रतिस्पर्धात्मक क्षमता विकास गनर्ुर्ुर्े उनको भनाइ थियो ।
परिवहन व्यवसायी महासंघका उपाध्यक्ष अजर्ुर्ुरानाभाटले कानुनविपरीत रातो प्लेटका निजी ट्रकले ढुवानी गर्न थालेपछि कालो प्लेटका सवारी सधान प्रभावित भएको बताए ।
उनले भारतीय ट्रक र ट्यांकर ७२ घन्टासम्म नेपालका कुना कुनासम्म निर्वाध जान पाउने तर नेपाली गाडी पहिलो रेलवे स्टेसनसम्म मात्र जान पाउने भेदभावपर्ूण्ा अवस्थाको अन्त्य गनर्ुर्ुर्े बताए ।
महासचिव शरदचन्द्र शर्माले यातायातसम्बन्धी कानुनले यो क्षेत्रलाई समेट्न नसकेको गुनासो गरे । उनले मालसमान ओसार्ने ट्रकको भाडा वैज्ञानिक रूपमा निर्धारण हुन नसक्दा विवाद बढ्दै गएको बताए ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

