माओवादी वामदेवलाई मन्त्रिमण्डलको मर्यादाक्रममा दोस्रो स्थान दिन सहमत
MNN REPORTER Report | 28 Aug 2008 | Views: 61
काठमाडौं, १२ भदौ । नेकपा माओवादी एमाले नेता वामदेव गौतमलाई मन्त्रिमण्डलको मर्यादाक्रममा दोस्रो स्थान दिन सहमत भएको छ । १२ भदौमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका महासचिव झलनाथ खनालबीच भएको छलफलपछि उक्त सहमति बनेको हो ।
सिंहदरबारस्थित माओवादी संविधानसभा दलको कार्यालयमा सम्पन्न छलफलपछि एमाले महासचिव खनालले गौतमलाई मर्यादाक्रममा दोस्रो स्थान दिने सहमति बनेको बताए । उनले भने,'मर्यादाक्रमको कुरा मिल्यो, गौतमजी मन्त्रिपरिषदको मर्यादाक्रममा दोस्रो स्थानमा रहनुहुनेछ ।' उनले एमालेका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले भोलि सपथ ग्रहण गर्ने बताए । मन्त्रीहरुको नाममा कुनै परिवर्तन नहुने उनको भनाई थियो । यसअघि मर्यादाक्रममा कुरा नमिल्दा एमाले सरकारमा सहभागी हुन मानेको थिएन ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

