प्रधानमन्त्रीद्वारा कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल
MNN REPORTER Report | 28 Aug 2008 | Views: 39
काठमाडौं, १२ भदौ । चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री कोइरालाले आज आफ्नो राजनीतिक र कूटनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाल सकी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेली राजदूत टोरे टोरेङसँग आज बिहान भेटवार्ता गर्नुभएको छ ।
सिंदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, माओवादी नेतृत्वको सरकार र आगामी कार्ययोजनाका विषयमा छलफल भएको बुझिएको छ । भेटमा राजदूत टोरेङले माओवादी नेतृत्वलाई नर्वे सरकारको पूर्ण समर्थन रहेको जनाउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुनेमा आश्वस्त पार्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजै पाकिस्तान, बंगलादेश र श्रीलंकाका राजदूतसँग पनि छलफल गर्नुभएको प्रधानमन्त्रीको कार्यालयस्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले राजदूतहरुसँग अब नेपाललाई गर्न सकिने सहयोग र आपसी सम्बन्धमा विषयमा छलफल भएको बताइएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

