'माओवादीले सहमति तोड्नु दुर्भाग्यपूर्ण ' : कोइराला
MNN REPORTER Report | 3 Sep 2008 | Views: 8
काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यको राजनीतिलाई माओवादी अध्यक्ष प्रचण्डले तोडेको आरोप लगाएका छन् । १८ भदौमा आफ्नै निवासमा भेट्न पुगेका लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलसंगको भेटमा उनले उक्त कुरा बताएका हुन् ।
आफू अझै सहमति र सहकार्यको राजनीतिको पक्षमा रहेको कोइरालाको भनाई थियो । सहमतिलाई निरन्तरता दिन खोज्दा खोज्दै माओवादीले तोडेको दोहोर्याउदै भने,'माओवादीले सहमति तोड्नु दुर्भाग्यपूर्ण हुनेछ ।' उनले सहमतिबाटै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताए । नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरेर सशक्त रुपमा अघि बढ्ने बताए । संविधान निर्माण र शान्ति प्रक्रियामा कांग्रेसको विशेष भूमिका हुने उनको भनाई थियो ।
यसैगरी कोइरालाले आफ्नो दल सधै नेपाली राजनीतिको अग्रपंक्तिमा रहदै आएको र भविष्यमा पनि रहने बताएका छन् । १८ भदौमा सानेपामा केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निभाउने बताए ।
'नेपाली कांग्रेस सधै अग्रपंक्तिमा उभिएर लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय एकताको नेतृत्व गरिरहनेछ ,' कोइरालाले भने,'प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निभाउन लाग्नेछ ।' शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउन कांग्रेसले विशेष भूमिका निभाउने बताए । कांग्रेस नेताहरुलाई गाउं देखि केन्द्र सम्म संगठन विस्तारमा लाग्न आग्रह गरे । पार्टीको संरचना परिवर्तन गरिने उनको भनाई थियो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

