दलितद्वारा कडा आन्दोलन गर्ने चेतावनी

MNN REPORTER Report | 3 Sep 2008 | Views: 25

काठमाडौं, १८ भदौ । मन्त्रिमण्डलमा दलितहरु समावेश नगरिएको भन्दै दलित नागरिक समाजले आन्दोलनको चेतावनी दिएको छ । १८ भदौमा रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दलितका लागि विशेष कार्यक्रम ल्याउने नारा उठाएर चुनाव जितेको र सरकार गठन गर्ने समयमा उपेक्षा गरिएको भन्दै उनीहरुले तत्काल गल्ती नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

दलित नागरिक समाजमा आवद्ध दलित सेवा संघ ,दलित गैर सकारी कहासंघ, नेपाल राष्ट्रिय समाज कल्याण संघ, जन उत्तथान प्रतिष्ठान , मधेसी दलित विकास महासंघ, दलित गैरसरकारी संस्था महासंघ नेपाल,व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र, राष्ट्रिय दलित नेर्टवर्क,जागरण मिडिया सेन्टर ल्यमन्काउ नेपाल, र दलित मानव अधिकार संगठनले सामूहिक रुपमा आन्दोलनको चेतावनी दिदै पांच सूत्रीय माग अगाडि सारेका छन् ।

जसमध्ये जनसंख्याको अनुपातमा वर्तमान मन्त्रीपरिषदमा दलित समुदायको प्रतिनिधित्व गराइनु पर्ने, हलियाहरुका मागहरु अविलम्ब पुरा गर्नु पर्ने, संबैधानिक निकायहरु राष्टिय योजना आयोग, राष्टिय मानवअधिकार आयोग, लोकसेवा आयोग, सूचना आयोग लगायतका निकायहरूमा दलितको अनिवार्य प्रतिनिधित्व गराइनु पर्नेलगायत छन् ।

जातीय भेदभाव तथा छुवाछूत अपराध उन्मूलन विधेयक २०६४ र राष्टिय दलित आयोगको स्थापना गर्न बनेको विधयक २०६४ तत्काल पारित लागु गरियोस । आगामि बजेटमा सम्पर्ूण्ा दलित विद्यार्थीहरुलाई उच्च शिक्षा सम्म छात्रवृत्ति सहितको निःशूल्क शिक्षाको प्रत्याभूति तथा छुवाछूत अन्त्यको लागि विशेष कार्यक्रम सहित दलितमुखी बजेट बनाई यसलाई तत्काल कार्यान्वयनमा ल्याईयोस् ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN