धनकुटा शान्त, कोशीबांढीपिडितका लागि खाद्यान्नको जिम्मा रेडक्रसलाई
MNN REPORTER Report | 3 Sep 2008 | Views: 139
काठमाडौं, १८ भदौ । वाइसिएल र युथ फोर्सबीचको विवादले चार दिनदेखि तनावग्रस्त धनकुटा शान्त भएको छ । चार दिनदेखि कर्फयु आदेश जारी गरिएको धनकुटामा १८ भदौको सांझबाट कर्फर्यु हटाइएको हो । दुवै संगठनले आपसी विवाद अन्त गरी मित्रवद व्यवहार गर्ने सहमति गरेका छन् । उनीहरुले वाइसिएल नेता डिल्लीराम र्राईमाथि भएको कुटपिटको छानविन गर्ने सहमति समेत बनाएका छन् ।
यसैगरी सरकारले विस्थापितलाई खाद्यान्न उपलब्ध गराउन रेडक्रसलाई जिम्मेवारी दिएको छ । रेडक्रसले विश्व खाद्य कार्यक्रम र सेभ द चिल्ड्रेनको संयुक्त सहयोगमा खाद्यान्न उपलब्ध गराउने भएको हो । सरकारी तथ्यांकमा रहेका २७ हजार ३ सय ८७ र भारतबाट आएका करिब ३ हजारका लागि खाद्यान्न उपलब्ध गराउने रेडक्रसले जनायो । कोशीबाढीबाट विस्थापितका लागि विशेष राहत प्याकेज ल्याउने भएको छ । अल्पकालिन, मध्यकालिन र दीघकालिन राहत उपलब्ध गराउनेपर्ने अवस्था छुट्टाएर राहत कार्यक्रम ल्याइन लागिएको हो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

