कांग्रेस र एमाले केन्द्रीय समितिको बैठकमा व्यस्त
MNN REPORTER Report | 3 Sep 2008 | Views: 69
काठमाडौं, १८ भदौ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि राजधानीमा जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने आजको बैठकमा महासचिव झलनाथ खनालले प्रस्तुत गर्नूभएको ३१ पृष्ठ लामो प्रतिवेदनमाथि दफाबार छलफल हुँदैछ।महासचिवको प्रतिवेदनमा पार्टीको भावी रणनीति, मंसिरमा हुने भनिएको पार्टीको महाधिवेशनको तिथिमिति, पार्टीभित्र जारी अनुशासन विवादलगायतका विषय समेटिएको छ ।
छलफलको विधि तथा प्राथमिकताको विषयमा हिजोको बैठकमा सहमति भएकोले आजबाट प्रतिवेदनमाथि दफाबार छलफल हुने स्थायी समिति सदस्य अमृतकुमार बोहराले बताउनुभयो।यसअघि हिजो बोल्ने अधिकांश केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै स्थायी समितिले निर्णय गरेको तथा नेतृत्व पंक्तिले अनुशासनविपरीत अभिव्यक्ति दिने गरेको भन्दै आलोचना गरेका थिए । त्यस्तैझन्डै डेढ सातादेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । दिउँसो पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा आज पदाधिकारीले बोल्ने क्रम रहेको छ ।
केन्द्रीय सदस्य तथा पदाधिकारीले बोल्ने क्रम नसकिएकाले गत ९ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय बैठक लम्बिएको हो।यसैबीच, आजसम्मका बैठकमा उठेका विषयवस्तुका बारेमा जानकारी दिन पार्टी महामन्त्री विमलेन्द्र निधीले आज बिहान पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्नूभएको छ। सभापति कोइरालाको निवास महाराजगन्जमा भएको कुराकानीमा महामन्त्री निधीले केन्द्रीय सदस्यहरुले उठाएका मुद्दाका विषयमा जानकारी गराउनुभएको छ । बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा उठेका विषयलाई व्वयस्थित बनाइ तिनलाई प्र्रस्तावका रुपमा पेस गरिने कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

