वाइसीएल र यूथ फोर्स विघटन गर्नु पर्छः मन्त्री यमी

MNN REPORTER Report | 7 Dec 2008 | Views: 68

काठमाडौं, २२ मंसिर । पर्यटनमन्त्री हिसिला यमीले वाइसीएल र यूथ फोर्स दुई विघटन गर्नु पर्ने बताउनु भएको छ । साथै उहाँले दुबैकै कारण मुलुकमा केही अशान्ति उत्पन भएको बताउनु भयो ।

पत्रकार महासङ्घ धनकुटाले शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले काङ्ग्रेसले सेना समायोनमा अवरोध गर्न खोजेर अर्को जनयुद्ध निम्त्याउन लागको आरोप लगाउनु भयो । नयाँ नेपालको निर्माणका लागि सशक्त रूपमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउने काङ्ग्रेसले काममा अवरोध भन्दा अरु केही गर्न नसकेको मन्त्री यमीको आरोप थियो । अहिलेको सम्पूर्ण कार्यअवरोधको रूपमा सेना समायोजन भएको बताउदै उहाले सेना समायोजन पछि मात्र राज्यपुनर्संरचनालगायतको कार्यहरू पुरा हुने बताउनु भयो ।

अहिले विभिन्न जातीय नारा लिएर आन्दोलित बनेका समूहहरूसाग वार्ताका माध्यमबाट समस्या समाधान गरेर नयाँ नेपालको निर्माण गरिनेपनि मन्त्रि यमिले बताउनु भयो । माओवादी नेतासमेत रहेकी मन्त्री यमीले अहिले वाइसिएल, युथफोर्स र तरूणदलले गरिरहेका क्रियाकलाप अन्त्य गर्नका लागि दलहरूबीच छलफलको माध्यमबाट समाधान खोजिनु पर्नेमा जोड दिनु भयो ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN