विश्वको आर्थिक परिदृष्य निराशाजनक : ओइसिडी
MNN REPORTER Report | 3 Sep 2008 | Views: 269
काठमाडौं, १९ भदौ । आर्थिक सहयोग तथा विकास संगठन ओइसिडीले विश्वमा खस्किंदो आर्थिक स्थितिको नयाँ आँकडा प्रकाशित गरेको छ । सो सर्वेक्षण अनुसार युरोपको अर्थतन्त्र पूर्वानुमान गरिएभन्दा कमजोर देखापरेको छ । ओइसिडीको एउटा विवरणमा आर्थिक संकटको सबैभन्दा कडा मारको सामना गरेको बृटेनमा यो वर्ष आर्थिक मन्दीको स्थिति आउने कुरा उल्लेख छ ।
सो आँकडा अनुसार युरोपमा जर्मनी र ईटलीको अर्थतन्त्रमा कुनै वृद्धि भएको छैन भने फ्रान्समा निकै कम प्रगति भएको देखिन्छ । विवरणहरू अनुसार जापानको आर्थिक स्थितिको पूर्वानुमान पनि निराशाजनक रहेको छ । तर संयुक्त राज्य अमेरिकामा स्थिति केही राम्रो भएपनि घरजग्गा बजारमा देखापरेको संकटका कारण आर्थिक स्थिति अझै पनि निकै कमजोर रहेको विवरणहरूमा जनाइएको छ ।
यसैबीच बृटिश सरकारले विश्वव्यापी कर्जा संकटको मारमा परेको घरजग्गा बजारलाई बढावा दिने प्रयास स्वरूप विभिन्न कदमहरूको घोषणा गरेको छ । सो योजना अनुसार सरकारले पहिलो पटक घर किन्न लागेका व्यक्तिहरूले तिर्नुपर्ने सरकारी दस्तुरको हद बढाइ दिएको छ । बृटिश अर्थमन्त्री अलेष्टर डार्लिङले सो कदमको उद्देश्य हाल कठिन स्थितिको सामना गर्दै आएका मानिसहरूलाई मद्दत पु-याउनु रहेको बताए ।
उनले मा घर खरीद गर्दा लाग्ने दस्तूरको हदमा छूट दिंदा त्यसबाट अधिकांश घरधनीहरू लाभान्वित हुने बताए । सरकारले आर्थिक कठिनाइको सामना गरेका परिवारहरूलाई राहत दिने र सुपथ मूल्यमा थप घरहरू उपलब्ध गराउने नयाँ योजना पनि प्रस्तुत गर्न लागेको जनाएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

