आज बस्ने मन्त्रिपरिषदको बैठकले विषेश निर्णय गर्ने
MNN REPORTER Report | 3 Sep 2008 | Views: 60
काठमाडौं, १९ भदौ । सरकारले कोशी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । आज बस्ने नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संघटग्रस्त क्षेत्र घोषण गरी एक विषेश समिति पनि बनाउने छ । बिहान साडे १० बजेपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नै बैठकमा विस्थापित परिवारका लागि नौ महिने रातह कार्यक्रम लागू गर्ने विषयमा पनि छलफल हुने वातावरण विज्ञान प्रविधि मन्त्री गणेश शाहले जानकारी दिनुभयो ।
त्यसै गरी कोशी पीडितका लागि राहत वितरण पुनर्स्थापनाको लागि उच्चस्तरीय समिति बनाउने लगायत अरु विभिन्न समितिहरु गठनको विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।
आगामी भदौ ३० र ३१ गते भारतको नयाँ दिल्लीमा विज्ञान तथा प्रविधिका विषयमा हुने र्सार्क मन्त्रीस्तरीय बैठकका लागि विज्ञान तथा प्रविधिमन्त्रीको भारत भ्रमणका बारेमा पनि आज छलफल हुनेछ ।
आजको वैठकमा नेपाल प्रहरीका महानिरिक्षक सहित प्रहरीका उच्चअधिकारीको सेवा अवधि थप्नेकि नथप्ने विषयमा पनि छलफल हुनेछ । वैठकमा म्याथ थप गर्ने या नगर्ने विषयमा नितिगत निर्णर्यका लागी एजेण्डाका रुपमा राखिने छ । स्रोतका अनुसार परराष्ट्रमन्त्रालयको सस्लाहाकारकार रुपमा डाक्टर श्यामानन्द सुमनलाई राख्ने विषयमा पनि औपचारीक निर्णर्य हुनेछ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

