कांग्रेस केन्द्रीय समितिको वैठक नयाँ रणनिति तय गर्दै

MNN REPORTER Report | 4 Sep 2008 | Views: 95

काठमाडौं, १९ भदौ । सत्ता बाहिर रहेको नेपाली कांग्रेस केन्द्रीय समितिको वैठक प्रतिपक्षको नयाँ रणनिति तय गर्दै आज सकिने भएको छ । गाउँ गाउँमा नेतृत्व परिचालन, महाधिवेसनको तयारी लगायकात निर्णर्य गर्दै वैठक आज सकनि लागको हो , लामो छलफल र बहसपछि कांग्रेस आज अन्तिम निर्णर्यमा पुग्न लगाको हो ।

१० दिन लामो वैठकमा प्रतिवेदन माथीको छलफल र नेतृत्वहतबाट जवाफ दिने काम सकिएकाले वैठक आज सकिनेछ । वैठकले केन्द्रीय सदस्यहरुले उठाएका आवाज, महामन्त्री विमलेन्द्र निधिको राजनितिक प्रतिवेदनमाथी दिएका सुझावलाई समेटर नयाँ रणनिति तय गर्ने कांग्रेस प्रवक्ता अर्जुन नरसिंश के.सि.ले जानकारी दिनुभयो । वैठक दिउसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । यसअघि कांग्रेसका नेताहरु अहिले पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको निवासमा छलफल गरिरहेका छन् ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN