एमाले नेता भीम रावलले राखेको प्रस्तावका विष्यमा छलफल हुने

MNN REPORTER Report | 4 Sep 2008 | Views: 57

काठमाडौं, १९ भदौ । नेकपा एमाले केन्द्रीय कमिटीको वैठकमा आज पनि महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहने भएको छ । केन्द्रीय सदस्यहरुले वोली सकेपछि प्रतिवेदन माथीको छलफल आज सकिने भएको छ । महासचिव खनालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि आजदेखि अरु विषयमा छलफल गरिनेछ ।

एमाले स्थायी समितिका सदस्य अमृतकुमार बाहेराले आज प्रतिवेदन माथिको छलफल सकिएर समय बाँकी रहेमा आजैदेखि र समय बाँकी नरहेमा भोलिदेखि अरु विषयमा छलफल हुने जानकारी दिनुभयो ।
प्रतिवेदनमाथिको छलफल सकिएपछि पार्टीको अठौ महाधिवेसन, सुदूर पश्चिमका मागका विषयमा एमाले नेता भीम रावलले राखेको प्रस्तावका विष्यमा छलफल हुनेछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्दैछ । नेकपा माओवादी केन्द्रीय समितिको वैठक भने बस्नेछ ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN