सूचना दिन व्यवहारमा गाह्रो : प्रधानमन्त्री प्रचण्ड

MNN REPORTER Report | 6 Dec 2008 | Views: 108

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा जनतालाई सूचनाको हक हुने सिद्धान्त भएपनि त्यसलाई ब्यवहारमा प्रयोग गर्न गाह्रो भएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले मंसिर २० गते राजधानीमा गरेको 'सूचनाको हकसम्वन्धि अन्तक्रिर्यात्मक संकल्प गोष्टि' मा बोल्दै प्रधानमन्त्रीले आफ्नो पार्टी युद्धबाट आएकाले अधिनायकवादी रहेको भ्रम रहे पनि जनतालाई सूचना दिएर मालिक बनाउने पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

'संवेदनशिल सूचनाहरु बाहिर दिन मिल्दैन भनिए पनि मन्त्रीपरिषदबाटै पारित गरेर जनतालाई सूचना दिने प्रयास गर्नेछौं' प्रधानमन्त्रीले भने । कार्यक्रमका अर्का वक्ता सरकार मूख्य सचिव भोजराज घिमिरेले मन्त्रीपरिषदका निर्णयहरु सरकारको वेभर्साईटमा राख्नेक्रम सरकारले सुरु गरिसकेको तथा मन्त्रीपरिषदले निर्णय गरे त्यसलाई अझ गति दिन सकिने बताए ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN