तराइका सशस्त्रधारीहरुसंग वार्ता गर्न समिति
MNN REPORTER Report | 3 Oct 2008 | Views: 35
काठमाडौं, १७ असोज । सरकारले तराइमा सशस्त्र आन्दोलनमा लागेको विभिन्न समुहहरुुसंग वार्ता गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज बसेको बैठकले सशस्त्रधारीहरुसंग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । समितिले वार्ताकोलागि तत्काल प्रक्रिया थाल्ने भएको छ ।
समितिको संयोजकमा शान्ति तथा पुननिर्माण मन्त्री जनार्दन शर्मा हुनुहन्छ भने अन्य सदस्यहरुमा स्थानीय विकास मन्त्री रामचन्द्र झा र शिक्षा मन्त्री रेणु यादव हुनु हुन्छ । सरकारको यस निर्णय बाट तराइमा सशस्त्रधारीहरु र सरकारवीच वार्ता हुने सम्भावना बढेको छ । सशस्त्रधारीहरु पनि वार्ताको लागि सकारात्मक भएका छन । उनीहरुले सरकारसंग वार्ता गर्न युद्ध विराम समेत गरेका छन ।
यसैगरी सरकारले माओवादी जनयुद्ध, जनआन्दोलन र मधेशी आन्दोलनका क्रममा विभिन्न कारणबाट थुनामा परेको बन्दीहरुलाई रिहा गर्ने निर्णय पनि गरेको छ । यसैगरी,७० वर्षउमेर पुगेका र आधा सजाय काटेको बन्दीहरुलाई पनि स्वतह रिहा गर्ने भएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

