राष्ट्रपतिद्वारा सहमति र सहकार्यमा जोड
MNN REPORTER Report | 4 Oct 2008 | Views: 69
काठमाडौं, १८ असोज । राष्ट्रपति डा.रामवरण यादवले सहमति र सहकार्यमा जोड दिएका छन् । १८ असोजमा राजधानीको दशरथ रंगशालामा आयोजित लोकतान्त्रिक गणतन्त्रात्मक सांस्कृतिक कार्यक्रममा बोल्दै उनले सहमति र सहकार्यबाटै मुलुकमा दीगो शान्ति र आर्थिक उन्नति हासिल हुने बताए ।
राष्ट्रपतिले सम्पूर्ण देशवासीलाई विजया दशमीको शुभकामना पनि व्यक्त गरे । कार्यक्रममा जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका सहिदका परिवारको सम्मान गरिएको थियो । राष्ट्रपति डा.रामवरण यादव, प्रधानन्यायाधीश केदारप्रसाद गिरी, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले महासचिव झलनाथ खनालका अलावा सरकारका मन्त्रिहरु समेत कार्यक्रममा सहभागी थिए ।
पार्टी केन्द्रीय कमिटि बैठकका कारण प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड भने अनुपस्थित रहे । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि अनुपस्थित रहे । उनले लिखित वक्तव्य पठाएका थिए ।
राष्ट्रिय एकतामाथि षड्यन्त्र : प्रधानमन्त्री प्रचण्ड
MNN REPORTER Report | 3 Oct 2008 | Views: 54
काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले नेपालको राष्ट्रिय एकतामाथि षड्यन्त्र भइरहेको बताएका छन् । १७ असोजमा राजधानीमा आदिवासी जनजातिद्वारा आयोजित कार्यक्रममा क्रान्तिकारी शक्तिलाई बिखण्डन गराएर राष्ट्रिय एकतामाथि हमला गर्ने षड्यन्त्र भइरहेको बताए ।
'पराजित भइसकेका र पूरै ध्वस्त नभइसकेकाहरु साम्प्रदायिक सदभावमा खलल पुर्याउन सक्रिय छन्,' प्रचण्डले भने,'सबै किसिमका षड्यन्त्रलाई चिर्दै अगाडि बढ्नुको आजको आवश्यकता हो ।' उनले देशी विदेशी तत्वहरु विभिन्न कोणबाट साम्प्रदायिक सदभाव खलल पुर्याउन लागेको बताएपनि तोकेरै उल्लेख गरेनन् । नेपालमा आदिवासी जनजाति, उपेक्षित मधेशी, महिला दलितको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार अग्रगामी सोचका साथ प्रस्तुत भएको बताए । नेपालको साम्प्रदायिक सदभावमा खलल पुर्याउन खोज्नेहरु आफै पराजित हुने उनको भनाई थियो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

