माओवादी गणतान्त्रिक मोर्चा गठनमा जुट्ने

MNN REPORTER Report | 15 Dec 2008 | Views: 81

काठमाडौं, ३० मंसिर । नेकपा माओवादी गणतान्त्रिक जनतान्त्रिक मोर्चा गठनमा जुट्नेबारे छलफल भइरहेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । महराले मोर्चा गठनकै सिलसिलामा नेकपा एकताकेन्द्र मसालसंग एकता हुनलागेको बताए ।

मोर्चामा कांग्रेसलाई पनि आउन आव्हान गर्ने नभए छुट्टै ढंगले ध्रुवीकरणमा लाग्ने बताए । मोर्चामा गणतन्त्रका पक्षधरहरुलाई समावेश गरेर अगाडि बढ्ने उनको भनाई थियो । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरु वृहत प्रजातान्त्रिक एकतामा जुट्ने अभियानमा लागिरहदा माओवादी छुट्टै मोर्चा बनाउन सक्रिय भएको हो । महराका अनुसार चार महिने राष्ट्रिय जागरण तथा विकास अभियान चलाउने तय भएको छ । त्यसबारे छलफल भइरहेको छ ।

अभियानले विकास र संविधान निर्माणमा जनतालाई सचेत बनाउन आवश्यक कदम चाल्ने बताइएको छ । माओवादीभित्र एक व्यक्ति एक पदबारे पनि कुरा उठेको छ । त्यसलाई सम्बोधन गर्न पार्टीमा सबैलाई अन्तरिम जिम्मेवारी दिने तय भएको छ । पार्टीको महाधिवेशनपछि मात्र जिम्मेवारी तोक्नेबारे छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनबारे पनि छलफल अगाडि बढाइएको छ ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN