मधेश एक स्वायत्त प्रदेश नभए सभासदबाटै राजीनामा दिने
MNN REPORTER Report | 15 Dec 2008 | Views: 101
काठमाडौं, ३० मंसिर । शिक्षामन्त्री रेणुकुमारी यादवले विगत सरकारले मधेश एक स्वायत्त प्रदेश बनाउन गरेको सम्झौताविपरित जान खोजिए सभासदबाटै राजीनामा दिने चेतावनी दिएकी छिन् । उनले मधेशको माग सम्बोधन गर्न आनाकानी गरिए तेस्रो जनआन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
'मधेश एक स्वायत्त प्रदेश नभए मन्त्री त के सभासदबाटै राजीनामा दिन्छौं,' मधेशी जनअधिकार फोरमकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री यादवले भनिन्,'हामी मन्त्री बन्न नभए मधेशको माग पूरा गर्न सरकारमा गएका हौं ।' फोरम संविधानसभा दलका नेतासमेत रहेका भौतिक योजना तथा निर्माणमन्त्री विजकुमार गच्छेदारले आफ्नो दलले एक मधेश एक प्रदेशको माग छाडिसकेको अभिव्यक्ति दिइरहदा यादवको पछिल्लो भनाई आएको हो । उनले गच्छेदारको भनाई पार्टर्ीीे आधिकारिक भनाई नभएको समेत बताइन् ।
साक्षात्कारमा मन्त्री यादवले आफूहरु सरकारबाट हट्ने अवस्थामा नपुगेको बताइन् । उनले पार्टी सरकारमा रहेर मधेशको माग सम्बोधन गर्ने सोचमा रहेको स्पटष् पारिन् । उनले भनिन्,'हामी सरकारबाट हट्ने सोचमा छैनौं । अरुले के भने त्यसको टिप्पणी गर्न चाहन्न ।' फोरमबाट मन्त्री भएका कृषिमन्त्री जयप्रकाशप्रसाद गुप्ताले सरकारबाट हट्ने अवस्था आएको बताइरहदा यादवको पछिल्लो भनाई आएको हो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

