अध्यक्षपद छाड्न प्रचण्डलाइ दवाव
MNN REPORTER Report | 6 Oct 2008 | Views: 30
काठमाडौं, २१ असोज । नेकपा माओवादीको वैठकमा एक नेता एक पदको शिद्धान्त अवलम्बन गर्नुपर्ने अवाज उठेको छ । केन्द्रीय कमिटीको वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाले अध्यक्ष पद छाड्नु पर्ने केन्द्रीय सदस्यहरुले दवाव दिएका छन् ।
वैठकमा वोल्ने अधिकांस सदस्यहरुले एक व्याक्ति एक पदको शिद्धान्त लागुगरेनुपर्ने दवाव दिएका छन् । वैठकमा जनगणतन्त्रमा तत्काल पुग्नुपर्ने वा नयाँ निमार्णपछि रणनिति अपनाइने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । केहि सदस्यहरुले तत्काल जनगणतन्त्रमा पुग्ने रणनिति अपनाउनुपर्ने अडान राखेका छन् भने केहि सदस्यहरुले नयाँ संविधान निमार्ण हुनजेल सम्म पर्खनु पर्ने बताएका छन् । वैठकमा अध्यक्ष प्रचण्डको राजनितिक प्रतिवेदन माथीको छलफल सकिएको वैठकपछि माओवादी नेता हरिभक्त कंडेलले जानकारी दिए । प्रतिवेदनमाथीको छलफल सकिएपछि भोली देखि अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथी उठेका प्रश्नको जवाफ दिनुहुनेछ । वैठकमा वोल्ने केन्द्रीय सदस्यहरुले केहि नेताहरु सुविधा भोली भएको भन्दै आलोचना समेत गरेका थिए ।
भोली वैठक विहान ८ बजे फेरी बस्नेछ । आजको वैठक सकिएपछि प्रवक्ता कृष्णबहादुर महराले वोल्ने प्रचलन रहेपनि उहाँ केहि नवोली बाहिरिनु भएको थियो । पत्रकारहरुले हरिक्त कँडेललाई जर्वजस्त वोल्न लगाएका थिए । आजको वैठकमा मोहन वैद्य किरणले कार्यवाह अध्यक्ष रहनुपर्ने मौखिक प्रस्ताव राखेको र लिखित प्रस्तावको पनि तयारी भइरहेको स्रोतले जनायो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

