सशस्त्र समुहहरुले वार्तामा बस्न सरकारसँग सर्त राखे
MNN REPORTER Report | 6 Oct 2008 | Views: 40
काठमाडौं, २१ असोज । तर्राईमा सशस्त्र आन्दोलनरत समुहहरुले वार्तामा बस्न सरकारसँग आफ्ना सर्त अघि सारेका छन् । सरकारले वार्ताका लागी गरेको आहृवान सकारात्मक भएको भन्दै उनीहरुले आफ्ना सर्त अघि सारेका हुन् ।
उनीहरुले वार्ताका लागी तत्काल सरकारले तत्काल औपचारीक पत्र पठाउनु पर्ने युद्धविरामको घोषणा गर्न्पर्ने, पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई विना शर्त रिहा गर्नुपर्ने, वार्ताका क्रममा सुरक्षाको जिम्मेवारी लिनुपर्ने माग राखेका छन् । तर्राईमा आन्दोलनरत १४ वटा संगठनका संयोजक सन्देशले सरकारसँगवार्तामा बस्न तयार रहेको तर ती सर्त मान्नुपर्ने बताए । उनले आफ्ना माप पुरा गरे वार्ताको बाताबरण बन्ने पनि बताएका छन् । उनले वार्तालाई अब निस्कर्षमा पुर्याउनु दाइत्व पनि सरकारको नै भएको बताए । यसअघि तराइका शसस्त्र समुहले राष्ट्रसंघको मध्यस्थतामा मात्रै वार्ता गर्ने अडान राखेका थिए । सरकारले अस्ती मात्रै वार्तामा आउन आहृवान गरेको थियो । तराइका शसस्त्र समुहले बडादशैको अवसरमा असोज २८ गते सम्म युद्धविरामको घोषणा गरेका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

