नेकपा माओवादी जनगणतन्त्रको मिसनमा वैठक गर्दै
MNN REPORTER Report | 17 Nov 2008 | Views: 61
काठमाडौं, २ मंसिर । दुइलाइनको संघर्षमा रहेको नेकपा माओवादी एक लाइट तय गर्न आज वैठक गर्दैछ । माओवादी नेकपा माओवादी केन्द्रीय कमिटीको आज बस्ने वैठकमा प्रचण्ड र वैद्यको दुइलाइनको विवाद टुङगोमा पार्नेमा केन्द्रीत भएर छलफल हुनेछ ।
भत्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा बस्ने वैठकमा पार्टीको भावी कार्यदिशा, ५ गतेबाट शुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा लैजाने प्रस्तावका विषयमा छलफल हुने माओवादी नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
वैठकमा अहिले प्राप्त लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्ने या जनगणतन्त्रमा जाने भन्ने विषयका दुइ छुट्टा छुट्टै प्रस्तावका विषयमा छलफल हुनेछ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्नुपर्ने प्रस्ताव राख्नुहुनेछ भने त्यसभित्र आफ्ना माग नसमेटीए संगठन फाँट प्रमुख मोहन वैद्यकिरणले तत्काल जनगणतन्त्रको मिसनमा जाने छुट्टै प्रस्ताव राख्नुहुनेछ ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले पटक पटक वैद्य सँग गरेको छुट्टै छलफल र ११ ओटा राज्यसमितिबाट आएका सुझावका आधारमा प्रतिवेदन तयार गर्नु भएको छ । माओवादी केन्द्रीय समितिको वैठक आज दिउसो १२ बजेपछि बस्ने छ । प्रधानमन्त्री प्रचण्ड आज वैठकमा पेश गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन अहिले व्यस्त रहेको वालुवाटार स्रोतले जनाएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

