विकासका लागि दीगो शान्ति अनिवार्य : पूव राष्ट्रपति कलाम

MNN REPORTER Report | 18 Nov 2008 | Views: 149

काठमाडौं, ३ मंसिर । भारतका पूव राष्ट्रपति अब्दुल कलाम आजादले नेपालमा दीगो शान्ति अनिवार्य भएकोमा जोड दिदै नेपाली जनताको चाहनाअनुसार नेपालले फड्को मार्ने आशा व्यक्त गरेका छन् ।

२ मंसिरमा राजधानीमा पत्रकारसंगको अर्न्तक्रियामा उनले नेपालको शान्ति प्रक्रियाको प्रशंशा समेत गरे । नेपालको दीगो विकासको सूत्रहरु प्रस्तुत गर्दै १० वर्षमा अभूतपूव रुपमा आर्थिक फड्कोको सम्भावना औल्याए । नेपालको प्रतिव्यक्ति आए ३८० डलरबाट दुइ हजार पुग्ने उनको भनाई थियो ।

शत प्रतिशत साक्षर, मूल्यमा आधारित रोजगार, स्वास्थ्य, कृषिको आधुनिकिकरण, सूचना तथा संचारको विकासको सूत्र प्रस्तुत गरे । तीन हजार भन्दा बढी गाउंको विकासमा उनको विशेष जोड थियो । नेपालको विकासका लागि शान्ति अत्यावश्यक भएको बताए । पर्यटनको संवर्द्धन, जलस्रोतको विकास, प्रविधिको उचित प्रयोग र विकासमा कलामको जोड थियो ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN