जनगणतन्त्रको कार्यदिशाबारे माओवादीमा विवाद

MNN REPORTER Report | 18 Nov 2008 | Views: 135

काठमाडौं, ३ मंसिर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन विरुद्ध बरिष्ठ नेता मोहन किरणले छुट्टै प्रस्ताव पेश गरेपछि माओवादी विवादले औपचारीक रुप लिएको छ ।

हिजाको वैठकमा पेश गरिएको लोकतान्त्रीक गणतन्त्रको कार्यान्वयन र जनगणतन्त्रको कार्यदिशाबारे छुट्टा छुट्टै प्रस्तावलाई एउटै प्रस्ताव बनाउन आज माओवादीले आन्तरिक छलफल गर्ने भएको छ । हिजो वैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा बरिष्ट नेता मोहन वैद्यले फरक प्रस्ताव राख्नु भएको थियो ।

त्यो प्रस्तावलाई एउटै प्रस्तावमा समेट्ने आज सचिवालयका सदस्य र केहि केन्द्रीय नेताहरु विच अनौपचारीक छलफल हुनेछ । छलफल दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा हुनेछ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड धुलीखेलबाट फर्किएपछि माओवादीको अनौपचारी छलफल हुने स्रोतले जनाएको छ । आज दिनभरी अनौपचारीक छलफलपछि दुइओटा प्रस्तावलाई एउटै रुप दिन आज एकदिनका लागी स्थगीत गरिएको छ ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN