संविधानसभाको उपाध्यक्षमा कांग्रेस र तमलोपाको दावी
MNN REPORTER Report | 18 Nov 2008 | Views: 146
काठमाडौं, ३ मंसिर । संविधान सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले दावी गर्ने भएको छ । तराइ मधेस लोकतान्त्रीक पार्टीले यसअघि नै उपाध्यक्षमा दावी गरिसकेको छ । अब उपाध्यक्षमा सरकार बाहिरका कांग्रेस र तमलोपा विच प्रतिस्पर्दा हुनेछ ।
नेपाली कांग्रेसका उप सभापति रामचन्द्र पौडेलले संबिधानसभाको उपाध्यक्ष प्रमुख प्रतिपक्ष दलबाट वनाइनु पर्ने बताउनु भएको छ । सत्ता साझेदार दलले संबिधान सभाको अध्यक्ष लिएकाले प्रमुख प्रतिपक्ष दलको हैसीयतले नेपाली काँग्रेसले उपाध्यक्ष पाउनु पर्नेर्े उहाँले बताउनुभयो ।
दोलखा मिडिया क्लवले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उप सभापति पौडेलले यस्तो बताउनु भएको हो । उहाँले संसदीय बाँडफाडमा पनि सहमति हुनु पर्ने र संबिधान सभाको उपाध्यक्ष कांग्रेसलाई दिने सहमति भए आफ्नो पार्टिले महिलालाई उपाध्यक्ष बनाउने स्पस्ट पार्नुभयो । संबिधान सभा बैठकले उपाध्यक्षका लागि यहि मंसिर १३ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
शान्ति प्रक्रियालाई ठोस निश्कर्षा पुर्याउन र नयाँ संबिधान निर्माणका लागि राजनीतिक सहमति आवस्यक रहेको औंल्याउदै संबिधान निर्माणमा सवैको सन्तुलनकारी भूमिका हुनु पर्नेमा नेता पौडेलले जोड दिनुभयो । उहाँले सेना समायोजन र पुन स्थापनाका लागि पनि सहमति आवस्यक रहेको बताउनुभयो ।
सेना समायोजन बिशेष समितिमा कांग्रेसके उपस्थिती अनिवार्य रहेको भन्दै उहाँले समानताको आधारमा बिशेष समिति बने कांग्रेस सहभागि हुने स्पस्ट पार्नुभयो । माओवादी लडाकुका कमाण्डरलाई प्रधान सेनापति बनाउने भनेर माओवादीले हाउगुजी खडा गरेको पौडेलको भनाई थियो । सञ्चारकर्मीहरुको एक जिज्ञासामा उहाँले नेपाली सेनामा कुनै पनि हालतमा राजनीतिकरण गर्न नहुने र सैनिक भर्नाको नियम भित्र रहेर योग्य जो कोही व्यक्ति नेपाली सेनामा जान सक्ने बताउनुभयो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

