मदिरा र सुर्तीजन्य वस्तुको विक्री वितरणमा सरकारले अनुगमन गर्ने

MNN REPORTER Report | 19 Nov 2008 | Views: 167

काठमाडौं, ४ मंसिर । मदिरा र सुर्तीजन्य वस्तुको विना इजाजत बिक्री गर्न नपाइने नियम कार्यान्वयनका लागि सरकारले अनुगमन गर्ने भएको छ । मंसिर ४ मा खुल्ला विक्री वितरणमा रोक लगाइएको भए पनि पहिलो दिन सरकारले मैत्रीपूर्ण अनुगमन गरेको थियो ।

नियमविपरीत बेचविखन गरेको पाइएमा मदिरा जफत गरी दश हजारसम्मको जरिवाना गरिने आन्तरीक राजश्व विभागले जनाएको छ । समयमै पर्याप्त प्रचार प्रसार गरिएकाले आज कुनै छुट नहुने विभागका महानिर्देशक कपिलदेव घिमिरेले बताए ।

अनुगमनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक गृहकार्यका लागि आन्तरीक राजश्व विभागमा आज छलफल समेत हुन लागेको जानकारी दिए । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा लागू हुने गरी मदिरा विक्री वितरण नियमन निर्देशिका २०६५ सरकारले यसअघि नै र्सार्वजनिक गरिसकेको छ ।

निर्देशिका अनुसार इजाजत नलिइ विक्री गर्न पाइने छैन । इजाजत लिएका पसलहरुले पनि विहान दशदेखि बेलुका दश बजेसम्म १८ वर्षउमेर पुगिसकेका व्यक्तिलाई मात्रै बेच्न पाउनेछन् ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN