माओवादी नेतृत्वमा सरकार गठनका १०० दिन
MNN REPORTER Report | 24 Nov 2008 | Views: 373
काठमाडौं, १० मंसिर । विभिन्न् विवाद र दलहरुको आरोप प्रत्यारोपका विच नेकपा माओवादीको नेतृत्वमा सरकार गठन भएको आज सय दिन पुगेको छ । संविधानसभाको निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस भने सरकार बाहिर नै बसेको छ ।
सरकार गठन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सम्बोधन गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने, नयाँ संविधान निर्माणमा सहयोग गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने सरकारको मुख्य जिम्मेवारी र चुनौती भएको बताउनुभएको थियो ।
संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी, तेस्रो ठूलो दल नेकपा एमाले, चौथो ठूलो दल मधेसी जनअधिकार फोरम र साना वामपन्थी दलहरु सरकारमा सहभागी छन् । यो सय दिनको अवधिमा सरकारमा रहेका दलहरुले धेरै सकारात्मक जनमुखी काम गरेको दाबी गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले आफैले प्रतिबद्धता गरेका कामहरु नगरेको आरोप लगाएको छ ।
आज देशभरीका अस्पतालमा आकस्मिक सेवा बाहेक सबै बन्द
MNN REPORTER Report | 9 Jul 2008 | Views: 442
काठमाडौं,२६ असार । सुरक्षाको माग गर्दै चिकित्सकहरूले आज देशभरीका सबै अस्पतालमा आकस्मिक बाहेक सबै उपचार सेवा बन्द गरेका छन् । चिकित्सक सङ्घको आहृवानमा आज निजी, सरकारी एवम् शिक्षण अस्पतालहरूमा आकस्मिकबाहेक सम्पर्ूण्ा चिकित्सा सेवा बन्द गरिएको हो ।
हिजो उपत्यका सबै अस्पतालको नियमित सेवा बन्द गर्दापनि सरकारले गंभिर चासो नदेखाएको भन्दै आज देशभरकिा अस्पतालका सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष चोप लाल भूसालले जानकारी दिनुभयो । हिजो स्वास्थ्य मन्त्रालयका अधिकारी र चिकित्सक विच भएको वार्ता वीना निस्कर्षटुङ्गीएको थियो ।
वीर अस्पतालमा मृत्यु भएका बिरामी नारायण शाहको उपचारमा सङ्लग्न चिकित्सक सुबोधकुमार अधिकारीलाई मार्ने धम्की दिइएको र मृतकका आफन्तको नाममा एभरेष्ट नर्सिङ् होममा तोडफोड गरेको विरोधमा सङ्घले बन्दको घोषणा गरेको हो । असार २१ गते काठमाण्डुको एभरेष्ट नर्सिङ् होममा पेटको उपचार गराइए पछि वीर अस्पतालमा शाहको मृत्यु भएको थियो ।
देशभरीका अस्पतालका नियमित उपचार सेवा बन्द गरेपछि उपचारका लागी अस्पताल पुगेको सयौ विरामीहरु अलपत्र परेका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

